लघुकथा सहमत असहमत : समीर पाख्रीन

  • ५ जेष्ठ २०७७, सोमबार ०९:५७ मा प्रकाशित
  • खाना नखाईदिँदा मोबाइल देखाएर खाना खुवाउने । रोयो भनेर फकाउन मोबाइल खेल्न दिने ।

    काठमाण्डौ

    खाना नखाईदिँदा मोबाइल देखाएर खाना खुवाउने । रोयो भनेर फकाउन मोबाइल खेल्न दिने । काममा बाधा पुर्यायो भनी भुलाउन मोबाइल दिने । बाहिर कतै नजावोस् भनी मोबाइल खेल्न दिने गदाॅ गदाॅ अन्ततः फुबाॅ र शान्तिकी एकलौती ५ वषॅकी छोरी पामेला मोबाइल नभई नहुने भएकी थिई । ‘लकडाउन’ को कारण स्कूल र ममीबुवाको अफिस बन्द भएपछि त झन् उसको समय मोबाइलमानै बित्न थालेको थियो ।


    उ यतिसम्म ‘ एडिक्ट ‘ भई सकेकी थिई कि दिसा पेशाब गदाॅ समेत मोबाइल नछोड्ने भइसकेकी थिई ।
    उसको यो गलत बानीको विकास हुँदै जाँदा दृष्टि कमजोर हुने , एक्कलकाँटी हुने ,खानपिनमा ध्यान नदिँदा क्रमशः हुनुपनेॅ शारीरिक विकास नहुने, पढाई लेखाईमा मन नजाने जस्ता खतरा बढने देखेपछि फुबाॅ र शान्तिले मनोचिकित्सकसँग सम्पॅक गनॅ आवश्यक ठानेपछि दुवै बेलुकी पख क्लिनिकमा पुगे ।


    ” नमस्कार ! डाक्टर साप ! “दुवैले एकैसाथ अभिवादन गरे बस्नोस । केही समस्या छ कि ? ” मनोचिकित्सकले पतिपत्नीतिर राम्ररी नियालेर सोधे ।
    ” हजुर, तर हाम्रो होइन यो छोरीको । ” फुबाॅले पामेलातिर इंगित गदैॅ भन्यो ।
    ” नानीलाई बाहिर बगैँचामा लगेर घुमाउँनोस् । माछा पोखरी छ माछा देखाउनोस् । हरिण छ देखाउनोस् । “
    शान्तिले पामेलालाई बाहिर बगैँचामा लगी । पामेला बगैंचामा चराचुरुङ्गी कराएको, पोखरीमा थरिथरिका माछा खेलेको,फूल फूलेको र भवँरा मौरी भुन्भुनाएको सुनेर होली साह्रै रमाई । पोखरी नजिकै एक जोर भालेपोथी हरिण देखेर त झन् पामेला रोमाञ्चित भई । यतिञ्जेल फुबाॅले डाक्टरलाई सबैथोक बताइसकेको थियो ।


    ” फुबाॅ जी ,यो आम समस्या बनेको छ । यस्ता धेरै केशहरू मैले हेरिसकेको छु । बच्चाहरू उद्दण्ड बन्दै गइरहेका छन् । उनीहरू एकांकी जीवनमा रमाउन थालेका छन् । उनीहरू यही उमेरदेखि पारिवारिक, सामाजिक परिवेश देखि क्रमशः टाढिँदै गरिरहेको हो कि भन्ने भान हुन्छ । जुन गम्भीर समस्याको संकेत हो ।” डाक्टरले भने ।
    डाक्टरको कुराले फुबाॅमा झनै चिन्ता थपियो । ” तब के यसको उपचार छैन त ? ” फुबाॅले सोध्यो ।
    ” हुनसक्छ । “
    ” अथाॅत ?”
    ” यसको उपचार मसँग होइन । तपाई अभिभावकसँगै छ । ” डाक्टरले मुसुमुसु हाँस्दै भने ।
    फुबाॅले डाक्टरको कुरा बुझेन। ऊ झन् अन्यौलमा पर्यो ।
    ” ल सुन्नु होस् । छोरीको छेउमा मोबाइल खोलेर नबस्ने र मोबाइलमा लामो समयसम्म कुराकानी पनि नगनेॅ । सकिन्छ भने दुवैको मोबाइल ‘ लकडाउन ‘ गनेॅ र केही दिन नमॅल मोबाइल युज् गनेॅ । दैनिक फुसॅद निकालेर छोरीलाई बाहिर घुमफिरको लागि लग्ने, पार्कतिर डुलाउन लग्ने । कथा कहानी सुनाउने , ऊसित खेल्ने , उसको साथी बन्ने । विस्तारै उसको मोबाइल मोह कम हुँदै गएपछि उसको स्कूलपछिको समयलाई व्यवस्थित गनॅ ताकि उसको ध्यान मोबाइलतिर कम भन्दा कम जावोस् । जब उसमा मोबाइल लत् कम हुँदै जान्छ तब उसलाई सीमित समयको लागि दिँदा ऊ प्रविधिबाट बञ्चित हुन पाउँदैन । ” मनोचिकित्सकले सुझायो ।
    यतिनै बेला पामेला प्रशन्न मुद्रामा केबिनमा प्रवेश गरी ।
    ” पामेला बेबी , माछा ,हरिण हेरेकी हो त ? ” डाक्टरले सोधे ।


    ” हेरे , कति राम्रो कलरफुल फिस् रहेछ । डैडी, पाकॅमा डियर पनि छ । म त घरमा पुगेर फिस् र डियरको पिक्चर ड्र गछुॅ । ” छोरीलाई अघिपछि भन्दा आज धेरै खुसी र रमाएकी देख्दा फुबाॅ र शान्ति दङ्ग परे ।
    ” देख्नू भो, तपाईकी छोरी खुल्ला आकाशमुनि खेल्न पाउँदा, प्रकृतिसित नजिकिनु पाउँदा कसरी रमाई ? मानिसलाई साँचो आनन्द प्रकृतिले मात्र दिनसक्छ । “
    ” हस् डाक्टर साप, थैक्यू शो मच् । ” यति भनी फुबाॅ पतिपत्नी छोरीलाई लिएर क्लिनिकबाट प्रस्थान गरे ।
    °°°

    Leave a Reply