मजदुरको तथ्यांक संकलन गरि गाउँपालिकाकै विकाश निर्माणका योजनामा काम लगाउने तयारी

  • २५ बैशाख २०७७, बिहीबार ०२:४९ मा प्रकाशित
  • मुग्लिङ । चितवनको इच्छाकामना गाउँपालिकाले आफ्नो गाउँपालिका भित्र भएका सम्पुर्ण मजदुरहरुको तथ्यांक संकलन गरि आफ्नै गाउँपालिका बिकासका लागि काम लगाउने तयारी गरेको छ ।

    विश्वव्यापी कोरोना भाइरसको महामारिको कारण भैरहेको लकडाउनको बेला सुरक्षित रुपमा गाउँपालिका भित्रका बिकास निर्माणका योजनामा काम लगाउने उद्देश्यले गाउँपालिका भित्रका मजदुरहरुको तथ्यांक संकलन गर्ने भएको हो।

    आफ्नो गाउँपालिकाका मजदुर हरु बाहिर गएर काम गरिरहेका यो विषम परिस्थितिमा गत महिनामात्र विभिन्न जिल्ला देखी आफ्नै गाउँमा फर्काइएको थियो । उनीहरुको दैनिक छाक टार्न तथा आफ्नै गाउँ बिकासमा टेवा दिनका लागि गाउँपालिकाले आजै देखि पालिका भित्रका मजदुरहरुको तथ्यांक संकलन कार्य सुरु गरिएको र त्यसका लागि वडा कार्यालयहरुलाइ निर्देशन दिइएको गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले जानकारी दिनुभयो।

    अध्यक्ष गुरुङका अनुसार मजदुरहरुको तथ्यांक संकलन पश्चात स्थानिय योजनाहरुमा नै काम गर्ने अवसर दिइनेछ।
    यस्तै स्थानिय योजनाहरुमा काम गर्न नचाही बाहिरी जिल्लामा काम गर्न जान चाहने मजदुरले अनिवार्य रुपमा स्थानिय तहको सिफारिस लिनुपर्ने पनि उहाँले बताउनु भएको कुरा इच्छाकामनान्युज मा छापिएको छ ।

    Leave a Reply