भारत-चीन सीमा विवाद : कहाँ-कहाँ छ तनाव ?

  • ८ जेष्ठ २०७७, बिहीबार २०:०८ मा प्रकाशित
  • बीबीसी । भारत र चीनबीचमा एकपटक फेरि सीमा विवाद बढ्दो रुपमा देखिएको छ । चीनले पूर्वी लद्दाखको पेङ्गोङ त्सो तालमा गस्ती डुंगाहरुको तैनाथी बढाएको छ ।

    दुई साताअघि सोही ताल नजिक भारतीय र चिनियाँ सैनिकबीच झडप भएको थियो । उक्त क्षेत्र लद्दाखको वास्तविक नियन्त्रण रेखा (लाइन अफ एक्चुअल कन्ट्रोल) नजिक पर्ने बीबीसीले जनाएको छ ।

    यसअघि पनि लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा दुवै देशहरुले सैनिकको उपस्थिति बढाएको खबर सार्वजनिक भएको थियो । भारतले अक्साई चीनमा पर्ने गालवन घाटी किनारामा चिनियाँ सेनाका केही टेन्ट देखिएको बताएको थियो । त्यसपछि भारतले पनि उक्त क्षेत्रमा आप्नो फौजको तैनाथी बढाएको थियो ।

    उता चीनले भारतमाथि गालवन घाटी नजिकै रक्षासम्बन्धी गैरकानुनी निर्माण गरिरहेको आरोप लगाएको थियो । भारत र चीन बेलाबेला फरक-फरक क्षेत्रमा यस्तो प्रकारका विवाद गर्दै आएका छन् ।

    के हो कारण ?

    • वर्षौं पुरानो सीमा विवाद

    भारत र चीनबीचमा तीन हजार ४८८ किलोमिटर लामो सीमा जोडिएको छ । उक्त सीमाले जम्मु-काश्मीर, हिमाचल प्रदेश, उत्तराखण्ड, सिक्किम र अरुणाचल प्रदेशलाई छुन्छ । दुवै देशबीचको सीमा तीन भाग (सेक्टर) मा बाँडिएको छ । पश्चिमी सेक्टर अर्थात जम्मु-काश्मीर, मिडिल सेक्टर अर्थात हिमाचल प्रदेश र उत्तराखण्ड तथा पूर्वी सेक्टर अर्थात सिक्किम र अरुणाचल प्रदेश ।

    कैयौं क्षेत्रमा विवाद कायमै रहेका कारण भारत र चीनबीच अहिलेसम्म पूर्णतया सीमांकन भएको छैन ।

    भारतले पश्चिमी सेक्टरमा पर्ने अक्साई चीनमाथि आप्mनो दाबी गर्दै आएको छ । जुन भूभाग अहिले चीनको नियन्त्रणमा छ । भारतका साथ १९६२ को युद्धका दौरान चीनले उक्त भूभागमा कब्जा जमाएको थियो ।

    त्यस्तै पूर्वी सेक्टरमा चीनले अरुणाचल प्रदेशमाथि आफ्नो दाबी गर्दै आएको छ । उक्त प्रदेश दक्षिणी तिब्बतको हिस्सा भएको चीनको भनाइ छ । चीनले तिब्बत र अरुणाचल प्रदेशबीचको म्याकमोहन रेखालाई पनि मान्यता दिएको छैन ।

    सन् १९१४ मा ब्रिटिश भारत र तिब्बतका प्रतिनिधिबीच भएको सम्झौतामा आफ्नो उपस्थिति नभए पनि तिब्बत चिनियाँ भूभाग भए पनि तिब्बत स्वयंले कुनै निर्णय लिन नसक्ने चीनको भनाइ छ ।

    १९१४ मा तिब्बत एक स्वतन्त्र तर कमजोर मुलुकका रुपमा थियो । तर चीनले तिब्बतलाई कहिल्यै स्वतन्त्र मुलुकको मान्यता भने दिएको छैन । १९५० मा चीनले तिब्बतलाई पूर्ण रुपमा आफ्नो कब्जामा लिएको थियो ।

    चीनले अरुणाचल प्रदेशमा म्याकमोहन लाइनलाई मान्दैन भने अक्साई चीनमा भारतको दाबीलाई पनि अस्वीकार गर्दै आएको छ ।

    • लाइन अफ एक्चुअल कन्ट्रोल

    यिनै विवादका कारण दुवै देशहरुका बीचमा कहिल्यै सीमा निर्धारण हुन सकेन । यद्यपि, यथास्थिति बनाइराख्‍न ‘लाइन अफ एक्चुअल कन्ट्रोल’ टर्मको प्रयोग सुरु भयो । तर अहिले पनि लाइन अफ एक्चुअल कन्ट्रोल स्पष्ट छैन । दुवै देश आफ्नाो अलग–अलग लाइन अफ एक्चुअल कन्ट्रोल बताउँदै आएका छन् ।

    उक्त लाइन अफ एक्चुएल कन्ट्रोलमा कैयौं हिमनदी (ग्लेशियर), हिउँको मरभूमि, पहाड र नदीहरु पर्दछन् । एलएसीसँग जोडिएका कैयौं यस्ता स्थान छन् जहाँ प्रापः जसो भारत र चीनका सैनिकहरुबीच तनाव हुँदै आएको छ ।
    बाह्रखरी

    Leave a Reply