उमेश कुशवहा
बीरगंज जेष्ठ २
पर्सामा कोरोना संक्रमित व्यक्ति आइसोलेसनबाट भागे प्रहरीले गोली समेत हान्न सक्ने भएको छ ।
प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन समितिले साे निर्णय गरेको छ ।
कुनै पनि संक्रमित व्यक्ति अस्पतालबाट भागेमा सुरक्षाकर्मीले बल प्रयोग गर्न पाउनेछन् ।
बुधबारबार नारायणी अस्पतालको आइसोलेसनबाट २जना कोरोना संक्रमित ब्यक्ति भगेको थियो।तर उनीहरुलाई त्यही दिन खोजतलास गरेर पक्राउ गरी फेरी आइसोलेसनमा राखिएको थियो।
सुरक्षाकर्मीहरूले अस्पतालबाट भाग्ने कोरोना संक्रमित जाे काेहिलाई पनि गोली हान्ने अधिकार दिएको बैठककाे निर्णयमा उल्लेख रहेकाे छ।


