नेपालमा थप २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४३ पुग्यो

  • ३१ बैशाख २०७७, बुधबार २०:४८ मा प्रकाशित
  • काठमाडौं- नेपालमा थप २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमितको संख्या २४३ पुगेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा संक्रमित फेला परेका हुन्।

    मन्त्रालयका अनुसार रुपन्देहीका २२ देखि ४१ वर्षका ९ जना पुरुषा र ४ देखि २८ वर्षका तीन जना महिला, कपिलवस्तुका २२ देखि ४२ वर्षका ८ जना पुरुष, पर्साका ३६ र ७४ वर्षका पुरुष र ३६ वर्षकी एक मिहलामा संक्रमण देखिएको हो। यसका साथै नवलपरासीका ३६ वर्षीय एक जना पुरुषमा पनि कोरोना देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए।

    बुधबार दिउसो नेपालगञ्ज र कपिलवस्तुमा २ जनामा कोरोना देखिएको थियो। दिउसो र साँझको सहित बुधबार मात्र नेपालमा २६ जनामा कोरोना संक्रमण देखिएको छ।
    स्वास्थ्य खबरपत्रीका

    Leave a Reply