
वसन्त अनुभव
घोराही, ८ जेठ
दाङ जिल्लामा आज थप एकजना कोरोना संक्रमित भएको पुष्टि भएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही दाङद्वारा आज जारी गरेको प्रेस विज्ञप्तिका अनुसार प्रतिष्ठानमा गरिएको स्वावको परिक्षणको क्रममा घोराही उपमहानगरपालिका वडा नं. ३ का ३७ वर्षीय ब्यक्तिमा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो ।
उक्त संक्रमित ब्यक्ती यहि जेठ ३ गते भारतको दिल्लीबाट आएको बुझिएको छ । उनी कुइरेपानी क्वारेन्टाइनमा बस्दै आएका थिए । घोराही उपमहानगरपालिका भित्र भने पहिलो पटक कोरोना भाइरस पोजिटिभ देखिएको हो ।

आज पुष्टि भएको कोरोना संक्रमित संगै जिल्ला भित्र र बाहिर गरि दाङमा हालसम्म कोरोना संक्रमितको संख्या ५ जना पुगेको छ भने नेपालभरमा कोरोना संक्रमितको संख्या ४५४ जना पुगेको छ ।
यस अघि प्रतिष्ठानमा परिक्षण भइ कोरोना संक्रमित पुष्टि भएका दाङको गढवा गा.पा. वडा नं.४ र ५ का २ जना र काठमाडौ र धुलिखेलमा परिक्षण भइ कोरोना संक्रमित पुष्टि भएका १/१ जना रहेका थिए ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस परिक्षणका लागि संकलन गरिएका १०५४ नमुना मध्ये परिक्षण गरिएका ७६४ वटा नमुना मध्ये ७६१ नमुना कोरोना नेगेटिभ रिपोर्ट आएको र ३ वटा नमुनामा कोरोना पोजिटिभ रिपोर्ट देखिएको
प्रतिष्ठानका का.मु.रजिष्टार कैलाश प्रसाद देवले जानकारी दिनुभयो ।
साथै उहाँले २९० वटा नमुना परिक्षणको क्रममा रहेको पनि बताउनुभयो । प्रतिष्ठानले बिहिबार मात्र ६९ जनाको स्वाब स्वाव नमुना परीक्षण गरेको थियो ।

