दाङका बैंक खुल्ने बार र समय ठाँउ अनुसार फरक–फरक

  • ४ जेष्ठ २०७७, आईतवार २३:५७ मा प्रकाशित
  • दाङको तुलसीपुर, घोराही र लमही क्षेत्रका बैंक तथा वित्तिय संस्थाहरु खुल्ने बार र समयको निर्धारण गरिएको छ ।

    जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले तुलसीपुर, घोराही र लमहीका बैंक तथा वित्तिय संस्थाहरु खुल्ने बार र समय तोकेको हो ।

    तुलसीपुरका बैंक तथा वित्तिय संस्थाहरु आईतबार, मंगलबार र बिहिबार बिहान १० देखी दिउँसो २ बजे सम्म दिईने निर्णय भएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

    त्यसैगरी, घोराही र लमहीमा साताको दुई दिन सोमबार र बिहिबार विहान १० देखी दिउँसो २ बजे सम्म खुल्न दिने निर्णय भएको हो ।

    कोरोना संक्रमणको रोकथामका लागि चालिएका सावधानीलाई अनिवार्य पालना गर्दै सेवा लिन र सेवा दिन समेत समितिले आग्रह गरेको छ ।

    साथै बैंक तथा वित्तिय संस्थाहरुलाई भिडभाड हुन नदिन र भौतिक दुरी कायम गर्ने विषयमा बैंक तथा सेवाग्राहीलाई आग्रह गरिएको हो । यस अघि दाङमा खाद्यान्न र निर्माण सामाग्री खरिदका लागि पनि बार र समय निर्धारण भैसकेको छ ।
    हाम्रो पहुँच

    Leave a Reply