गुडिरहेको मोटरसाइकलमा एक्कासी आगलागी

  • ३१ बैशाख २०७७, बुधबार २१:४८ मा प्रकाशित
  • वसन्त अनुभव
    तुलसीपुर, ३१ बैशाख
    दाङ जिल्लाको तुलसीपुरमा गुडिरहेको मोटरसाइकलमा आगलागी भएको छ । दंगीशरण गाउँपालिका वडा नं. ५ को उक्त मोटरसाइकल सोही वडाका सचीव प्रेमप्रकाश चौधरीले चलाएको बेला अचानक आगलागी भएको थियो ।

    रा १ ब ७२५ नम्बरको उक्त पल्सर मोटरसाईकल दंगीशरण गापा वडा नं.५ का अध्यक्ष दिपक गौतमले प्रयोग गर्दै आउनु भएको थियो । वडाध्यक्ष गौतमका अनुसार सचीव चौधरीले भ्याली पेट्रोल पम्प दोघरेबाट पेट्रोल भरेर कार्यालय फर्कदै गर्दा आगलागी भएको थियो ।

    पेट्रोल पम्प नजिकै भएको उक्त आगलागी दमकलको सहायताले निभाउन सफल भएपनी मोटरसाइकल जलेर पुर्ण रुपमा नष्ट भएको थियो । मोटरसाइकल चालक चौधरी मोटरसाइकलको इन्जिनमा आगो लागेको देखेपछि मोटरसाइकल छोडेर भागेका थिए ।

    Leave a Reply