कोरोना संक्रमित थप २७ जना थपिए सँगै नेपालभर ४०२ जना पुगे

  • ६ जेष्ठ २०७७, मंगलवार १७:१२ मा प्रकाशित
  • वसन्त अनुभव

    काठमाडौं- भर्खरै प्राप्त जानकारी अनुसार नेपालमा थप २७ जना कोरोना संक्रमित भेटिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङका क्रममा उक्त जानकारी दिइएको हो । थप २७ सहित नेपालमा कोरोना संक्रमित संख्या ४०२ जना पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार नव संक्रमितहरु २७ देखि ४२ वर्ष उमेर समुहका रहेका छन। जसमा २४ जना पुरुष र ३ जना महिला रहेका छन । साथै संक्रमितहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र निजहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

    प्रवक्ता डा देवकोटाका अनुसार आज थप भएका २७ जना संक्रमितहरु मध्ये झापाका ९ जना, मोरङका १ जना, सुनसरीका १ जना, सर्लाहीका २जना, काठमाडौंका ३जना, भक्तपुरका १ जना, मकवानपुरका १ जना, रामेछापका १ जना, ललितपुरका १ जना, सिन्धुलीका १ जना, लमजुङका १ जना, कपिलवस्तुका ४ जना र नवलपरासीका १ जना रहेका छन ।

    डा. देवकोटाका अनुसार बिराटनगरस्थित कोशी कोभिड उपचार केन्द्रमा उपचाररत १ जना संक्रमित डिस्चार्ज भएका छन । योसँगै उपचार पछि निको भएर डिस्चार्ज हुनेको संख्या ३७ जना पुगेको छ । कोरोनाको कारण मृत्यु हुनेको संख्या भने २ जना रहेको छ ।

    Leave a Reply