
वसन्त अनुभव
काठमाडौ, ८ जेठ
नेपालमा कोरोना संक्रमितको संख्या थप ३ जना पुष्टि भएको छ । भेरी अस्पताल, नेपालगन्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देहीमा गरिएको परिक्षणमा बाँकेका २ जनामा र कपिलवस्तुका १ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्ति जनाइएको छ ।
मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार बाँके जिल्लाको नरैनापुर गाउँपालिका वडा नं. ३ निवासी ३२ वर्षीय पुरुष र खजुरा- ३ निवासी ४२ वर्षीय महिलामा कोरोना पोजिटिभ देखिएको हो ।
त्यस्तै कपिलवस्तु जिल्ला शुद्वोदन गाउँपालिका निवासी १९ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो ।
मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ३ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४९ जना उपचार पछि निको भइ डिस्चार्ज भएका छन । बाकी संक्रमितहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

