कर्णाली प्रदेशमा पहिलोपल्ट कोरोना पोजिटिभ भएको पुष्टि

  • ६ जेष्ठ २०७७, मंगलवार ०८:२१ मा प्रकाशित
  • बसन्त अनुभव
    काठमाडौ, ५ जेठ
    नेपालका सबै जसो प्रदेशहरुमा कोरोना भाईरस संक्रमितहरु भेटिएको पुुुष्टि भइरहदा कर्णाली प्रदेश मात्र अछुतो रहिरहेकोमा सोमबार पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको छ ।

    नेपालगन्ज स्थित भेरी प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा एकजना ब्यक्तिको कोरोना पोजिटिभ देखिएको हो ।

    उक्त ब्यक्तिको कर्णालीको प्रदेश अस्पताल कालागाउँको प्रयोगशालामा पीसीआर विधिबाट गरिएको नमुना परीक्षणमा कोरोना पोजिटिभ देखिए पछि पुन: परिक्षणका लागि निजको स्वावको नमुना नेपालगन्ज पठाइएको थियो ।

    प्राप्त विवरण अनुसार हालसालै भारतको आगराबाट आएका दैलेख आठविस नगरपालिका वडा नं. १ निवासी युवा जेठ १ गतेदेखि आठविस नगरपालिका स्थित लक्ष्मी मा वि मा रहेको क्वारेन्टाइनमा बस्दै आएका थिए ।

    उनलाई आठविस नगरपालिकाले भारतबाट उद्वार गरि ल्याएको थियो । उनिसँगै ३८ जना युवा उक्त क्वारेन्टाइनमा बस्दै आएको वडाध्यक्ष पर्वसिंह विश्वकर्माले बताएका छन ।

    Leave a Reply