सयौं जमातीहरु नेपालका मस्जिदमा, भारतबाट हिँडेरै नेपालको सुस्ता प्रवेश

  • ३ बैशाख २०७७, बुधबार २०:२७ मा प्रकाशित
  • परासी, बैशाख ३ । बिश्वब्यापी रुपमा फैलिएको कोरोनाका कारण नेपालमा भन्दा पहिला भारतमा कोरोनाले गाँज्न थाल्यो अनि भारतले लकडान गरेपछि केही संक्रमित भारतीय र पाकिस्तानी नागरिकहरु रातारात नेपाल आएको नेपाली सुरक्षा निकायले जनाएको छ ।

    उनीहरु नेपाल सरकारले बनाएको निर्माण गरेको क्वारेन्टाइनमा नबसी बिभिन्न मस्जिदमा लुकेर यतिका दिनसम्म बसिरहँदा समेत नेपाल सरकार तथा गुप्तचर निकाय नै बेखबर देखिँदा झनै नेपालमा सन्त्रास बढेको छ । क्वारेन्टाइनमा बसेका भारतीय, पाकिस्तानी र इन्डोनेशियान जमातीहरुले नेपाली भाषा बोलेजस्तो गर्ने र नेपाली स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने तथा झुटो बयान दिइरहेका छन् ।

    भारतको दिल्लीको निजामुद्दिनमा तवलिगी जमातीहरुको रिपोर्ट पोजेटीभ आएपछि चैत्र १९ गते नेपाल प्रवेश गर्नुअघि जमातीलाई भारतीय सुरक्षाकर्मीले रोक्ने प्रयास गरेपनि उनीहरुले ढुङगामुढा गरि नेपालतर्फ प्रवेश गरेको र त्यहाँबाट जगरनाथपुरका अध्यक्ष मुखिया सहितले १० वटा मोटरसाइकलको व्यवस्था गरि नेपाल प्रवेश गराएका थिए ।

    नेपाल प्रवेश गराइएका जमाती मध्ये अधिकांश भारतीय तथा केहि इन्डोनेशियाका र पाकिस्तानी समेत भएको सुरक्षा स्रोतले जनाएको छ । प्रदेश नम्वर २ का आन्तरिक मामिला मन्त्रालय स्रोतका अनुसार रौतहट, सप्तरी, सिराहामा गरि ३ सय ४९ जमातीहरु रहेको बताइएको छ ।

    सुरक्षाकर्मीहरुले उनीहरुको खोजी शुरु गरेको बताइएको छ । केहि जमातीहरु सुनसरी र मोरङगमा पनि रहेको सुरक्षा स्रोतको दावी छ । भारतमा कोरोना संक्रमित प्रवेश गराउने षडयन्त्र गरेको आरोप सहित भारतीय मिडियामा अत्यन्तै प्रचारित मुखियाले लकडाउनका बेलामा नेपालमा गैर नेपालीलाई प्रवेश किन गराए भन्ने कुरा अहिले धेरैको चासो बिषय भएको छ । मुखियाको भूमिकालाई लिएर नेपाल सरकार बल्ल अनुसन्धानमा जुटेको बताइएको छ ।

    पर्साका प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार प्रहरीले शनिबार राति नै वीरगन्जका केही स्थानहरुमा छापामारी गरेको छ । शंकास्पद स्थान रहेको छपकैंयाको मस्जिदमा छापामारी गरी २६ जना धर्म गुरुहरुलाई नियन्त्रणमा लिएर वीरगन्जको सिद्धार्थ माविमा रहेको क्वारेनटाइनमा राखिएको छ ।

    उनीहरु सबै भारतीय जमातीमा सहभागी रहेको बताइएको छ । भारतीय जमातीहरुमा कोरोना संक्रमण देखिएपछि तराईका जिल्लाहरुमा संत्रास फैलिएको छ । यस बिषयमा प्रहरीले अनुसन्धान शुरु गरेको छ । उनीहरुको यात्रा डायरी खोतल्ने प्रयासि भइरहेको पर्सा प्रहरीले जनाएको छ । नेपाल सरकारले अव २ नं प्रदेशका सिमावर्ती क्षेत्रमा रहेका मस्जिदमा मात्र होइन अन्य तराईका जिल्लाहरुमा पनि जमातीहरु प्रवेश गरेर बसेका हुनसक्ने सम्भावना बढेको छ ।

    यता प्रदेश नं ५ का पश्चिम नवलपरासी, रुपन्देहीको भैरहवा, बुटवल, कपिलवस्तुको तौलिहवा, चन्द्रौटा, बाँकेको नेपालगञ्जसहित बर्दिया, कैलाली र कञ्चनपुरमा रहेका मस्जिदमा सयौं जमातीहरु लुकेर बसेका हुनसक्ने सम्भावना बढेकाले नेपाल सरकारले छापा हानेर अनुसन्धान गर्नुपर्ने देखिएको छ । प्रदेश नं ५, ६ र ७ का जिल्लाहरू भारतीय रेल सेवाबाट पनि सुगम र दिल्लीको तबलिकी निजामुद्दिनबाट समेत नजिक रहेको हुनाले उनीहरू नेपाल प्रवेश गरेको हुनसक्ने अनुमान गरिएको छ ।

    पर्साको एक अनलाइनले लेखे अनुसार यतिमखाना संचालन कमिटीका अलि अस्गर मदनी उर्फ कालानाग र जगरनाथपुरका अध्यक्ष मुखियाले सबै जमातीहरुको बस्ने खानेको बन्दोबस्ती गरेका थिए । विरामी भएर अस्पताल ल्याइएका जमातीहरुले भारतमा जस्तै नेपालको अस्पतालमा पनि असभ्य व्यवहार देखाएको अस्पताल प्रसासनले बताएको छ । २४ मध्ये ३ जनालाई अस्पतालमा राखि बाँकी २१ जनालाई सिद्धार्थ स्कूलको क्वारेन्टाइनमा राखिएको छ ।

    क्वारेन्टाइनमा राखिएका उनीहरुले डाक्टर नर्स सहितका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई पनि थुकेको एवं अभद्र व्यवहार गरेको एक स्वास्थ्यकर्मीले बताए । अस्पतालमा रहेका जमातीका विरामीले जथाभावी हिड्ने, चापाकल चलाउने लगायतका व्यवहार गर्दै आएका थिए । तीनजनामा कोरोना संक्रमण देखिभएपछि शनिवार राती देखि नै नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट मदन उपाध्यायले अस्पतालको ओपीडी बन्द गरेको सूचना निकालेका छन् ।

    उनले विषम परिस्थितिमा आकस्मिक सेवा बाहेकका ओपिडी बन्द गरेको सूचना निकालेको बताए । वीरगन्ज नगरपालिकाले पनि तवलिगी जमातीहरुको उपचारमा संलग्न डाक्टर सहितका स्वास्थ्यकर्मीहरुलाई राख्नका लागि होटल कन्ट्री ईनमा व्यवस्था गरेका छन् । कोरोनाको उपचार गर्ने स्वास्थ्यकर्मी पनि क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ ।

    कोरोनाको उपचार गर्ने स्वास्थ्यकर्मी पनि क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । तीनजना तवलिगी जमातीहरुको रिपोर्ट पोजेटीभ आएपछि उनीहरुसंगै वीरगञ्जको छपकैयाँस्थित श्रीराम हल अगाडिको मस्जिदमा बस्दै आएका अन्य २१ धर्म प्रचारकहरुलाई पनि क्वारेन्टाइनमा पठाइएको छ । भारतको दिल्लीमा रहेको निजामुद्दिन तब्लिकी जमातको सभाबाट भागेर सुस्ता छिरेका २ जनालाई स्थानीयले समातेर भारतीय प्रहरीलाई जिम्मा लगाएका छन् ।

    भारतबाट हिँडेर सुस्ताको बाटो नेपाल छिर्दै गरेका सुनसरी इनरुवा नगरपालिका कपडी बस्ने ६५ वर्षका अब्दुल मियाँ र सलामान मियाँ पक्राउ परेको स्थानीय अंगद यादवले जानकारी दिनुभयो । उनीहरु सभा सकिएको २१ दिनपछि भारतको महाराजगंजको करमिसवा हुँदै नेपालको सुस्ता आउँदै गर्दा सोमबार बिहान ६ बजे पक्राउ परेका हुन् ।

    सुस्ता गाउँपालिका ५ का वडाध्यक्ष प्रभुनाथ यादवको टोलीले उनीहरुलाई पक्राउ गरेर भारतीय सुरक्षाकर्मीलाई बुझाइदिएको यादवले जानकारी दिनुभयो । नेपाल छिर्नुअघि भारतीय सुरक्षाकर्मीले नेपाल (सुस्ता) मा प्रवेश गर्न दिएका थिए । वडाध्यक्ष यादवले उनीहरु नेपाल छिरेको जानकारी स्थानीयले दिनासाथ बिहानै समातेर भारतीय सुरक्षाकर्मीलाई बुझाइदिएको टेलिफोन मार्फत जानकारी दिनुभयो ।
    Radio Parasi

    Leave a Reply