रौतहट जिल्ला उच्च कोरोनाको जोखिममा रौतहट वासीलाई सतर्क हुन आग्रह

  • २६ चैत्र २०७६, बुधबार २१:१५ मा प्रकाशित
  • रौतहट, २५ चैत । इश्लाम धर्मको प्रचार प्रसारको क्रममा विभिन्न जिल्ला हुँदै ९ जना पाकिस्तानी नागरिक रौतहट जिल्लाको एक स्थानीय तहको मस्जिदमा बसेको छ ।

    इश्लाम धर्म प्रचार गर्न जमात भनेर धार्मिक कार्यक्रम गर्नका लागि पाकीस्तानबाट गत महिना नेपाल आएर विभिन्न जिल्ला हुँदै सो जमात रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्वर २ करुनियामा रहेको मस्जीदमा बसेको हो ।

    जिल्ला प्रशासन कार्यालय रौतहटलाई करुनियाको मस्जिदमा ९ जना पाकिस्तानी नागरिक रहेको थाहा पाएपछि प्रशासनीक र प्रहरीको संयुक्त टोलीले अनुसन्धान गरी स्थानीय तहबाट बनाइएको क्वारेन्टीनमा राख्नु पर्ने भएपनि तिनीहरुलाई मस्जिदमै निगरानीमा राखिएको प्रशासनीक श्रोतबाट बुझिएको छ ।

    सप्तरी जिल्लाबाट चैत्र ४ गते यमुनामाई गाँउपलिकाको वडा नं. १ मा रहेको मुख्तम मस्जीद इदगाहमा तिन दिन सम्म रहेका उनीहरु ७ गते करुनिया स्थित मस्जिदमा गएका थिए । लकडाउन पछि उनीहरु सोही मस्जीदमा आश्रय लिइ बसिरहेका छन ।

    पाकिस्तानी नागरिक महम्मद यसुफ खान, जैनुल्लाह, सम्सुल्लाह खान, महम्द फवाद, रइश खान, गुरफानदिन, असगर खान, गुलाम रसुल र हलिमुल्लाहलाई बाहिर नराख्न केही मुस्लिम धर्मगुरुको आग्रहमा उनीहरुलाई बसेकै मस्जीदमा क्वारेन्टीइन गरिएको उक्त श्रोतले दाबी गरे ।

    कोभिड १९ (कोरोना) संक्रमण नियन्त्रण गर्न सरकारले लकडाउन गरेर वैदेशिक मुलुकबाट फर्कनेहरुलाई जिल्लाको १८ वटा स्थानीय तहद्धारा विभिन्न स्थानमा निर्माण गरिएको ८३६ वेडको क्वारेन्टीनमा राखिदै आएपनि ९ जना पाकिस्तानी नागरिकलाई मस्जिदमै राखिएको प्रति जिल्लामा टिकाटिप्पणी भईरहेको छ ।

    यसैगरी दिल्ली स्थित निजामुद्दिन मर्कजबाट फर्किएका रौतहट मन्सरी गाउँका इजहार साहेव, कविर साहेव, जैनुल साहेव, मुजरे आलम, अब्दुल हकिव र अन्सारुल हकलाई १ अप्रिलमा वारा जिल्लाको एक मस्जिदमा वारा प्रहरीले छापा मारेर नियन्त्रण लिएपनि वारामा क्वारेन्टीनको अभाव हुँदा त्यही दिन छाडेपछि उनीहरु आफनै घरमा बसिरहेको छ तर रौतहट प्रशासनले क्वारेन्टीनमा नराखेको समेत श्रोतले बताए को छ ।

    प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले धार्मिक भिसामा नेपाल आएको र लकडाउन हुनुभन्दा अगावै जिल्लामा आएको हुँदा क्वारेन्टीनमा नराखिएको तर बसेको मस्जिदमै निगरानीमा राखिएको बताए । जमातीहरु मथि स्थानीय प्रशासनले सुक्ष्म दृष्टि राखेकोमा कुनै पनि जनतालाई डरत्रासको वातावरणमा नबस्न आग्रह गर्दै आ आफनो घरमा बस्न समेत उनले अपिल गरे ।

    सरकार सबैको मोबाइल ट्रेस र ट्रेवेल हिस्ट्री को छानबिन गर्नु पर्यो र साथै धार्मिक भिजा नेपालले पाकिस्तानलाई उपलब्ध गराउछ कि गराउदैन धर्मको प्रचार गर्न त पक्कै कानुनी ब्यब्स्था छैन।यदि सरकारले दिएको छ भने कुन कुन ठाउको लागि दिएको हो?निश्चिति रुपले नै अबैध प्रक्रिया हो भन्ने दोषीमाथी कारवाही हुनुपर्यो सरकार !
    सोसल मिडियामा शेयर

    Leave a Reply