भारतबाट आयात हुने तरकारी तथा फलफूलमा रोक

  • २७ चैत्र २०७६, बिहीबार १७:२२ मा प्रकाशित
  • कञ्चनपुरमा भारतबाट आयात हुने तरकारी तथा फलफूलमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कोरोना भाइरस (कोभिड–१९) काे सम्भावित संक्रमण रोकथाम तथा न्युनिकरण गर्नका लागि शुक्रवारदेखि भारतबाट आयात हुने तरकारी तथा फलफूलमा रोक लगाएको हो।

    यहाँका कृषकहरुले उत्पादन गरेको स्थानीय तरकारी खेर गइरहेको तथा भारतबाट तरकारी तथा फलफुलसँगै मान्छेहरु भित्रिँदा कोरोना संक्रमणको जोखिम बढ्ने देखिएका कारण सो कार्यमा रोक लगाइएको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए।

    स्थानीय उत्पादनलाई प्राथमिकता दिई बजारसम्म पुर्‍याउन सहजिकरण गरिने समेत प्रशासनले जनाएको छ।

    नेपालखबर.कम बाट

    Leave a Reply