
–वसन्त अनुभव-
लकडाउन
कोरोनाको कहर
त्रसित विश्व ।
।।१।।
कोभिड १९
निल्दैछ मान्छेहरू
अजिङ्गर झै ।
।।२।।
कुप्लुक्क खान्छ
भ्रष्टाचार विरोधी
मोटो रकम ।
।।३।।
चिटिक्क बोरा
कुहिएको चामल
राहत धन्दा ।
।।४।।
स्वास्थ्य सामग्री
कमिसन विना त
खरिद होला ?
।।५।।

