परराष्ट्रमन्त्री र साउदी समकक्षी बीच टेलिफ़ोन वार्ता

  • २७ चैत्र २०७६, बिहीबार २२:१७ मा प्रकाशित
  • ९ अप्रील २०२०, साउदी अरब।

    परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवाली र साउदी अरबका विदेशमन्त्री प्रिन्स फ़ैसल बीन फर्हान अल साउदबीच टेलिफोन वार्ता भएको छ । बार्ताका क्रममा मन्त्री ज्ञवालीद्वारा कोरोना संक्रमणको कठीन् समयमा साउदी अरबमा रहेका नेपाली नागरिकहरुको कल्याण, सुरक्षा र संरक्षणका लागि साउदी बिदेश मन्त्रीसँग अनुरोध गरिएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।

    मन्त्री ज्ञवालीवे दुई देशबीचको सम्बन्धको धरोहरकारूपमा त्यहॉ रहेका नेपालीहरुले साउदी अरबको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताएका थिए । प्रत्युत्तरमा साउदी बिदेश मन्त्री प्रिन्स साउदले साउदी सरकारले नेपाली नागरिकले यो संकटका बेला स्वास्थ्य उपचार पाइरहेको र रोजगारीको सुरक्षामा आवश्यक ध्यान दिने बतांए ।

    उनले नेपालीहरु कडा परिश्रमी, मिहिनेती र इमान्दार रहेको भन्दै उनीहरुको कल्याणका विषयमा हेर्नु साउदी सरकारको चासोका विषय भएको समेत स्पष्ट पारे ।


    बिहीबार सॉझ साउदी अधिकारीहरुले जारी गरेको तथ्यांक अनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट संक्रमितको संख्या ३ हजार २८७ पुगेको छ । बिहीबार मात्रै त्यहॉ ३५५ जनामा संक्रमण भएको छ । साउदीमा बिहीबार ३ जना संक्रमितकाे मृत्यू भएसँगै हालसम्म मृत्यू हुनेकाे संख्या ४४ पुगेकाे छ भने कूल संक्रमितहरु मध्ये हालसम्म ६६६ जना निको भएका छन् ।


    नेपाली दूतावासले कोरोना भाइरसको संक्रमण आफ्नो समुदायका कोहीमा नहोस् भन्नेमा स्वयम दूतावास , नेपाली समुदाय र व्यक्तिगतरूमा पनि सबै सजग र चिन्तित रहिआएको स्पष्ट पार्नु भयो ।

    यो विषय वर्तमान अवस्थामा संवेदनशील समेत बनेकोले भाइरसको संक्रमण नभएको कसैलाई हल्ला र अनुमानको भरमा संक्रमण भयो भन्न नहुने र यसलाई अफवाहको रुपमा लिई कानूनी कारवाही समेत गर्न सक्ने भएकोले कसैमा यो भाइरसको संक्रमण भएको सम्बन्धमा आधिकारिक निकायले जानकारी नगराएसम्म अनुमान र हल्लाको भरमा एक अर्कासँग शेयर गर्ने, आवाज रेकर्ड पठाउने वा पोष्ट गर्ने कुनै कार्यहरु नगर्न सबैमा अनुरोध गरेको छ ।

    यदि कसैलाई संक्रमण भएको अपुष्ट जानकारी प्राप्त भएमा थप जानकारीका लागि नेपाली राजदूतावासका कर्मचारी वा नेपाली समुदायका आफूले विश्वास गर्ने प्रतिनिधिसँग कुराकानी गर्न र कुनै नेपाली नागरिकमा कोरोना संक्रमणको शंका भएमा स्वयं वा आफू कार्यरत कम्पनी मार्फत् तोकिएको स्वास्थ्य संस्थामा परीक्षण गराउनु हुनसमेत दूकावासले अनुरोध गरेको छ ।


    यस्तै दूतावासले विदेशी नागरिकहरुसँग काम गर्दा, हिँडडुल, उठवस वा बजार गर्दा पूर्ण सावधानीका साथ गर्न , एक अर्काबीच दुरी कायम गर्नुहुन र कुनै पनि व्यक्ति वा सरसामानहरुलाई अनावश्यक छुने वा स्पर्श नगर्न पनि त्यहॉस्थित नेपालीहरुमा अनुरोध गरेको छ ।

    मध्यान्न्ह न्युज बाट

    Leave a Reply