देशभर हावाहुरी, चट्याङसहित असिना पानीको सम्भावना

  • ९ बैशाख २०७७, मंगलवार १०:४४ मा प्रकाशित
  • मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज नेपालमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको छ।

    महाशाखाले हाल देशको अधिकांश स्थानमा सामान्य बदली भइरहेको र केहि स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षा भइरहेको जनाएको छ ।

    यसैगरी, महाशाखाले दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहि केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख गरेको छ ।

    पूर्वानुमानमा उल्लेख भएअनुसार देशभर आंशिकदेखि सामान्य बदली रहि थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
    रातोपाटी

    Leave a Reply