उमेश कुशवाहा, बीरगंज
वीरगंज महानगरपालिका वडा नम्बर २५ मौजे श्रीसियाका २६ बर्षिय रवि पटेलको बीभत्स तरिकाले हत्या गरी फालिएको अवस्थामा उनको शव फेला परेको छ।
उनको शव फेला परे सँगै त्यस आसपासको एरियाको बासिन्दा त्रसित,भयबित भएका हुन।
वीरगंजको सुख्खा बन्दरगाहाको पुर्व पट्टि रहेको मौजेसिर्सिया टोल छेउमा पर्ने नगर बिस्तारको प्लटिङ्गमा आज विहान पटेलको विभत्स तरिकाले हत्या गरी फालिएको शव फेला परेको छ।
श्रीसिया स्थित नगर बिकाशको जग्गामा पटेल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
हिजो राती साढे ८ बजे पेट दुखेको भन्दै घरबाट जलजिरा किन्न निस्केका पटेलको शव आज बिहान साढे पाँच बजे शौच गर्न गएका स्थानियले हेरेपछि प्रहरीलाई खबर गरेका थिए।
पटेलका २ सन्तान छन । एक तीन बर्षका छोरा र २ बर्षको एक छोरी रहेको छन।
कलकारखानामा काम गरेर पटेल आफ्नो र आफ्नो परिवारको पालन पोषण गर्दै आरहेको थिए।
पटेलको मुखमा रगत देखिएको र घाँटी तौलियाले बेरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
मृतकका बुवा मनोज पटेलले छोराको हत्या गरिएको दावि गरेका छन ।
शवलाई पोष्टमार्टमको लागि वीरगंज स्थित नारायणी अस्पतालमा पठाइएको र घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


