दमाम, कतिफ र ताईफ शहर हरुमा पनि ३ बजे देखि कर्फ्यू

  • २१ चैत्र २०७६, शुक्रबार ११:४४ मा प्रकाशित

  • साउदी अरबमा बढ्दै गएको कोरानाको संक्रमणलाई रोक्नको लागी साउदी सरकारले आज देखी दमाम, कतिफ र ताईफ शहर हरुमा पनि अहिले चल्दै आएको कर्फ्यू अबधि बढाएर ३ बजे देखी भोली पल्ट बिहान ६ बजे सम्म कायम गरेको छ।
    समाचार एजेन्सी एसपीएले साउदी अरेबियाको आन्तरिक मन्त्रालय उद्धृत गर्दै रिपोर्ट जारी गरेको छ। रिपोर्ट मा भनियको छ यो निर्णय कोरोनाभाइरसको फैलावट रोक्न देशको प्रयासहरूको हिस्सा हो। साउदी अरेबियाले बिहीबार कोरोनाभाइरसबाट पाँच जनाको मृत्युको घोषणा गरेको छ भने १६५ नयाँ घटनाहरू पत्ता लागेको जनायको छ । नयाँ घटना मध्ये ४८ मक्कामा र ४६ मदिनामा फेला परेका थिए । आन्तरिक मन्त्रालयले दुई पवित्र शहरहरूमा बिहीबार देखि नै २४ घण्टाको कर्फ्यू लागू गरि सकियको जनायको छ ।

    Leave a Reply