चितवनको इच्छाकामना गाउँपालिकाले आफ्नो मातहतका वडाहरुमा राहत बितरण गर्दै ।

  • २९ चैत्र २०७६, शनिबार ०२:१९ मा प्रकाशित
  • रम्जान समर्पण,

    २९ चैत २०७६। मुग्लिङ,
    हाल विश्वभरिनै महामारीको रुपमा फैलिएरहेको कोरोना भाईरस कोभिड १९ को जोखिम मोलिरहेको अबस्थामा, संक्रमणबाट जोगिन गरिएको लकडाउनका कारण खाद्यन्न संकटमा परेका आफ्ना वडाहरुमा वास्तबिक ज्याला मजदुरी गरी हातमुख जोड्न समस्या भएका घरधुरीहरुलाई पहिचान गरी केहि दिन देखी चितवनको इच्छाकामना गाउँपालिकाले राहत बितरण गरिरहेकाे छ ।

    गाउँपालिकाले अहिलेसम्म विभिन्न चरण गरि आफ्नो मातहतमा रहेका वार्ड नम्बर १,२,३,५ तथा अन्य मजदुरहरुका साथमा आग्नी पीडितलाई समेत राहत बितरण गरेको छ ।

    राहतमा चामल, दाल, नुन, तेल, अन्डा तथा अन्य दैनिक उपभोग्य खाध्यन्न सामाग्रीहरु बितरण गरिएको छ । यसरी उक्त गाउँपालिकाको रहोबर र सहयोगमा बाडिएको राहत अधिकांस समाजसेवी, तथा संघ संस्था बाट प्राप्त भएको हो ।
    राहत प्राप्त गर्ने क्रममा रोटरी क्ल्ब चितवन बाट १०० परिवार लाई १० के जि चामल सहित दाल नुन तेल ,नेपाल कम्युनिस्ट पार्टि इच्छाकामना गाउ कमिटीद्वारा १०० घरधुरी परिवारलाई ३०किलाे बराबरकाे ३३बाेरा चामल र २ बाेरा नुन ( १०० केजी), मुग्लिङ चर्चद्वारा १० बाेरा चामल र २ बाेरा नुन, मनको धनी बिनोद बग्दासले ३००केजि चामल १५०( रमेस भन्डरी मार्फत ) केजि दाल १०० के जि नुन, मर्स्याङ्ग्दी बहुउद्देश्यीय सहकारी बाट ६०० के जि चामल र दाल, इच्छाकामना लाइन्स क्लबले 10 बोरा चामल , जेसिस नाायणगढ चितवनले १४ बाेरा चामल, नुन,तेल,साबुन, नेपाल चेम्बर कमर्स चितवनका अध्यक्ष श्री दिर्घमान श्रेष्ठद्वारा ७५० थान माक्स, इच्छाकामना वार्ड न ५ मुग्लिङ्ग निबासी नबराज सिलवाल ले ७५ घर परिवार लाई ७५० केजि चामल ४० पोका तेल ५० केजि नुन, क्लिनिक नेपाल मेघौली चितवन द्वारा २५५० के जि चामल राहत स्वरुप इच्छाकामना गाउँपालिकाका अध्यक्ष गिता गुरुङ तथा उपाध्यक्ष कृती श्रेष्ठ लाई हस्तान्तरण गरेका थिए ।

    उक्त प्राप्त राहत बितरण गर्नका लागि आफ्नो मातहतका वडाहरुको टाेलका सबै घरधुरीहरु टिपेर पठाउन उत्प्रेरित गर्ने र गराउने कामले समाजमा शान्ति सद्भभाव तथा सामाजिक वैमनस्यता बढाउने हुनाले राहतकाे निमित्त सबै टाेल विकास समितिले कसैकाे दवाव र प्रभाव नपरी अा-आफ्नो जिम्मेवारी पुरा गरी गाउँपालिकालाइ सहयाेग गरिदिनु गाउँपालिकाका अध्यक्ष गिता गुरुङले अनुरोध गर्नु भएको थियो ।

    प्राप्त मजदुरहरुको घर धुरी विवरण अनुसार
    गाउँपालिकाले आफ्नै प्रत्यक्ष रहोबरमा मजदुरहरुलाइ राहत बितरण गरिएको छ ।

    राहत संकलनका लागि इच्छाकामना गाउँ पालिकाले एक द्वार प्रणाली अनुसार राहत बितरण गर्ने गरि राहत संकलनमा एक सूचना निकालेर सबैलाइ अनुरोध गरेको थियो ।

    Leave a Reply