सीमापारी रक्सौल क्वारेन्टाइनमा नेपालीको अवस्था बुझ्न गएका पर्सा क्षैत्र न.१ का सांसद प्रदीप यादव सहित ३ जनालाई क्वारेन्टाइनमा

  • २९ चैत्र २०७६, शनिबार ०५:१३ मा प्रकाशित
  • उमेश कुशवाहा बीरगंज चैत्र २७।

    कोराना (कोभिड–१९) भाइरसको संक्रमण रोक्न नेपाल सरकारले लागु गरेको लकडाउनका कारण सिमापारी भारत रक्सौलमा रोकिएका नेपालीहरुको अवस्था बुझ्न बुधवार पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप पादव त्यहाँ पुगेका थिए ।

    रक्साैल स्थित क्वारेन्टाइनमा रहेका नेपालीहरुसंग भेटन गएका सांसद यादवलाई क्वारेन्टाइनमा राखिएकाे पर्साका प्रमुख जिल्ला अधिकाकारी बिष्णु कुमार कार्कीले वताउनु भयाे ।
    सांसद यादव सहित उहाँसंग सिमापारी गएका २ जना पत्रकार र एक जना ड्राइभर गरी ४ जनालाई सेल्फ क्वारेन्टाइनमा राखिएकाे अधिकारी कार्कीले जानकारी गराउनु भयाे ।

    यस्तै नेकपा विरगञ्ज महानगरपालिका अध्यक्ष रहबर अन्सारीले सांसद यादव लकडाउनको उल्लंघन गर्दै भारतीय क्वारेन्टाइन गएको र फर्किएपछि क्वारेन्टाइनमा नबसेकाले स्थानिय बासीन्दा त्रसित भएको बताउनुभयो । उहाँले संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन गर्दै नागरिकलाई घरमा नै बस्न आग्रह गरिरहेका अवस्थामा न्युनतम सुरक्षा समेत नअपनाईकन कोरोना प्रभावित देशको क्वारेन्टाइन भित्र जानु गम्भिर गल्ति भएको बताउनुभयो ।

    सांसद यादबले भने आफुले क्वारेन्टाइनमा रहेका १४ जना नेपालीलाई छुट्टा छुट्टै भेटेर फलफुल तथा एक हप्तालाई पुग्ने खाद्यन्न सामग्री सहयोग गरेको र आफु त्यहाँ पुग्दा नेपालीहरु खुशी भएको बताउनुभयो । यादबले आफुले भेटेका नेपाली सबै स्वस्थ रहेको बताउनुभयो । भारतमा संक्रमण तीब्र देखिन सुरु भएका नै ती नेपालीहरु नेपाल फर्किएका थिए तर लकडाउनका कारण उनीहरु सिमापारी नै रोकिए । भारतीय हजारी महल बिद्यालय रकसौलका क्वारेन्टाइनमा रुकुमका १२ जना पुरुष ,एक महिला र करिव एक वर्षका बच्चा रहेका छन् ।

    Leave a Reply