
कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कतारले कतारमा रहेका सबै नेपालीलाई विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना संक्रमणबाट जोगिन र कुनै समस्या आइपरे सम्पर्क गर्न आग्रह गरेको छ । एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जारी गरेको विज्ञप्तिमायस बिपदको घड़ीमा आफूले सावधानीका उपायहरू अवलम्बन गरि सुरक्षित रहनुको साथै आफू संग बसेको नेपाली अथवा ग़ैर नेपाली दाजुभाईहरूलाई सुरक्षित रहनको लागि जनचेतना फैलाऊन जरूरी रहेको उल्लेख छ।
विज्ञप्ति :
आदरणीय क़तारमा बस्नु हुने दाजु भाई तथा दीदी बहिनी हरू सम्पूर्णमा नमस्ते अस्सालमो आलैकुम।
हार्दिक अपील!
तपाई को सुरक्षा मेरो सुरक्षा, मेरो सुरक्षा तपाई को सुरक्षा, तपाई मेरो सुरक्षा क़तार को सुरक्षा बिस्व को सुरक्षा। सावधानी अपनाऊ सजग रहौ आफू बचौ अरु लाई बचाऊ।
विश्वभरि नै महामारीको रूप लिएको COVID-19 (कोरोना भाइरस) को प्रकोप नियन्त्रणका लागि यहाँहरूले देखाउनुभएको आत्मसंयमता, सावधानी र सचेतनाका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछु। कोरोना संक्रमणको सम्भावित जोखिमबाट जोगिन घरभित्रै बस्न र नियन्त्रणका लागि क़तार सरकारको निर्णय निर्देशनहरूलाई पालना गर्न पुन: हार्दिक अनुरोध गर्दछु।
KOVID-19 को संक्रमण देखिएका सम्पूर्ण दाजुभाई दिदि बहिनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । साथै क़तार सरकारले बनाएका वारेन्टाइनमा तथा सेल्फ घरमा बस्नुभएका सबै प्रति सम्मान प्रकट गर्दछु ।
कोरोनाको कारण निधन भएका संसारका विभिन्न देशमा बसोबास गर्ने नेपालीहरू सहित सबैमा हार्दिक श्रद्धान्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।
संक्रमण देखिएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । COVID-19 भाइरस जो कसैलाई पनि लाग्न सक्छ यसको शंका लागेमा त्यसलाई नलुकाउन तथा क़तार सरकार ले जारी गरेको १६००० मा फ़ोन गरेर उच्च मनोबलका साथ आवश्यक उपचार गर्न र त्यसलाई विस्तार हुन नदिन आवश्यक सावधानी अपनाउन सबैमा हार्दिक अनुरोध गर्दछु । आधुनिक विज्ञानले संसारभर गरीरहेको प्रयास एवम् मानव जगतको सावधानीपूर्वक क्रियाकलापले हामी यस भाइरसमाथि विजय प्राप्त गर्नेछौं। हालसम्म गरिरहेको बिसेश प्रयासका लागि क़तार सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु।
साथै एनसीसी क़तारले पनी आफ्नो कर्तब्य निर्बाह गर्न कुनै कसर बाक़ी राखेको छैन यस कार्यमा जूटनु हुने संयमसेवक हरू तथा सम्पूर्ण सहयोगी हरू लाई हार्दिक कृतज्ञता ब्यक्त गर्दछु आवास्यक सहयोगका लागी तपाईहरू संग सदैब तत्पर रहेको पनी अवगत गराउदछू ।
मोहम्मद मुक्तदा मुसलमान
अध्यक्ष
गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय समिति क़तार।
जनसवाल.कम. बाट

