
काठमाडों : कतारमा हालसम्म कोरोना भाइरस संक्रमितहरुको संख्या २ हजार ७२८ पुगेको छ । कतारको जनस्वास्थ्य मन्त्रालयले जानकारी गराए अनुसार पछिल्लो २४ घण्टामा कतारमा थप २१६ जनामा कोरोना संक्रमण देखिएको छ । शनिबार २० जनाले स्वास्थ्य लाभ गरेका छन् ।
हालसम्म कतारमा २४७ जनाले पूर्ण रुपमा स्वास्थ्य लाभ गरी घर फर्किएका छन् भने अहिले पनि २४७५ जना उपचारत छन् । शनिबारसम्म कतारमा ४७ हजार ७५१ जनामा कोरोना जाँच गरिएको कतारी जनस्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । भाइरसबाट हालसम्म कतारमा ६ जनाको मृत्यु भइसकेको छ ।
मध्याह्ननडेलि. कम

