शुक्र मोक्तान

रियाद/साउदी-अरब
विश्वभर महामारिको रूपमा फैलिंदै गरेको प्राणघातक रोग कोरोना भाईरस (NOVEL CORONA VIRUS-COVID19) ले नेपाल लगायत संसार भर छरिएर रहेका सम्पूर्ण नेपाली हरुमा डर त्रासको वातावरण सृजना गरिरहेको परिपेक्षमा साउदी अरबमा रहेका नेपाली श्रमिकहरु प्रति भैपरी आउने आपतकालिन परिस्थितीलाई मध्यानजर गर्दै गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदि अरबको सचिवालयले २३-मार्च-२०२० का दिन बिशेष आकस्मिक बैठक आह्वान गरी १० सदस्यीय समिती गठन गरेको थियो जसलाई पूर्णता दिएर कार्यन्वयन गर्न गत १०-अप्रिल-२०२० का दिन छैठौं पूर्ण बैठक द्वारा कार्य समितिलाई थप फराकिलो पार्नको निम्ती राजु सैयद, जोन अर्याल, नारायण पासवान, ओम घले, डमर यादव, रमेश भण्डारी, राजकुमार श्रेष्ठ, बिरेन्द्र कुमार चौधरी, शुक्र मोक्तान, हेम सुबेदी, नरेन्द्र कार्की, रमजानदिन मियाँ, अर्जुन थापा, रविन तमाङ, राजकुमार गिरी सहितको कार्यदलको निर्माण गर्दै तपसिलका बिषयमा गम्भिर छलफल गरेको छ।
साउदी अरबमा कोरोनाको चपेटामा परी १०-अप्रिल सम्म संक्रमित संख्या ३६५१ पुगेको छ जसमा ४७ जनाले ज्यान गुमाइसकेका छन भने ५ जना नेपाली समेत कोरोनाको चपेटामा परे लगत्तै गैर आवासिय नेपाली संघ साउदी अरबले उक्त कार्यदललाई साउदी अरबका बिभिन्न शहरमा कुनै पनि नेपाली श्रमिकलाई आइपर्ने बिपत्ती उपर सहयोग गर्नको निम्ती संघको आपतकालिन कोष बाट न्युनतम ५ लाख बराबरको कोष निकासा गर्ने निर्णय गरेको छ। राहतका लागि थप रकम आवश्यक परेको खण्डमा पुन: अर्को बैठक द्वारा आवश्यक कदम चाल्ने भएको छ जसको लागी मध्यपुर्बका सम्पूर्ण एनसिसी र अन्तरराष्ट्रिय समन्वय परिषद संग समेत परामर्श लिने निर्णय गरेको छ।
कार्यदलले कोरोना प्रभावित नेपालीहरुको तथ्यांक संकलन गर्न बिशेष फारमको तयारी गरी कोरोना संक्रमित तथा बन्दको कारण अफठ्यारोमा परेकाहरू जस अन्तर्गत कम्पनी बन्द भएको, कम्पनीले तलव सेवासुबिधा नदिएको, खानेपानीको अभाव भएको र नेपाली दूतावास र महावाणिज्यदूतावासको समेत रुजु वा अनुरोध/अनुमोदन भएको आदिको पहिचान गरी आवश्यक सहयोग गर्ने निर्णय गरेको छ। कार्यदलले बिशेष कार्यदिशा निर्माण गरी यथा शिघ्र साउदीमा रहेका नेपाली राजदुताबास र महावाणिज्य दुतावास संग समन्वय र परामर्श लिएर राहत तथा उद्धार अभियानको शुरुवात गर्नेभएकोछ।
यो बिषम परिस्थितिमा कुनैपनी नेपालीलाई अचानक ज्वरो आउने, सुख्खा लहरे खोकी, टाउको दुख्ने, झाडा बान्ता हुने जस्ता लक्षण देखिएमा तुरुन्त साउदी सरकारले उपलब्ध गराएको एम्बुलेन्स सेवाको ९३७ नम्बरमा संपर्क गर्नुको साथै गैर आवासिय नेपाली संघ साउदी अरबका प्रतिनिधिहरूकके संपर्कमा आउनको लागि उक्त कार्यदलले तपसिलका नम्बरहरुमा संपर्क गर्न अनुरोध गरेको छ।
जसमा नेपाली राजादुताबास रियाद:(0114611108) र हटलाइन (0559389600), नेपाली महाबाणिज्य दुताबास जेध्दा:(012-6226665) र (012-6226683) साथै कार्यदलले NRNA NCC साउदी अरबका प्रतिनिधिहरु:( कोरोना भाईरस उध्दार समिती साउदि अरब )को नामावली क्षेत्र र सार्वजनिक गरेको संपर्क नंबरहरू यस प्रकारको रहेको छ।तेज बहादुर थापा-अध्यक्ष दमाम 0504438377 ICC मा प्रतिनिधित्व, ध्रुव कुमार रिजाल- बरिष्ठ उपाध्यक्ष जेध्दा 0505910744 ICC मा प्रतिनिधित्व, भोलानाथ पौडेल उपाध्यक्ष दमाम 0598334109, रोशन कुमार श्रेष्ठ- उपाध्यक्ष दमाम 0545226844, बिशाल श्रेष्ठ- उपाध्यक्ष अल-कासिम 0535470253, लाल बहादुर मगर-का.बा महासचिब जिजान 0561541062, सन्तोष लुइंटेल-कोषाध्यक्ष जेध्दा 0567289521, बिष्णु न्यौपाने-प्रवक्ता जेध्दा 0590887222, भक्त हमाल-सल्लाहकार ताबुक 0555347025, मेनुका सिटौला ओडारी- क्षेत्रिय उपाध्यक्ष रियाद 0572921153,राजु सैयद-संरक्षक दमाम 0509211996, जोन अर्याल-मध्यपूर्ब सह संयोजक दमाम 0500490398, नारायण पासवान-ICC सदस्य रियाद 0558517861, ओम घले-संरक्षक दमाम 0534510942, डमर यादव-प्रमुख सल्लाहकार दमाम 0596563050, रमेश भण्डारी-ICC मानार्थ सदस्य रियाद 0543312837, बिरेन्द्र कुमार चौधरी-संरक्षक दमाम 0540547829, राजकुमार श्रेष्ठ-युवा संयोजक अल-कासिम 0535544688, मनिष कोइराला-सदस्य अल-कासिम 0581605697, रमजानदिन मियाँ-क्षेत्रिय अध्यक्ष अल-कासिम 0590401695, अर्जुन थापा-क्षेत्रिय अध्यक्ष ताबुक 0544994328, रविन तमाङ-क्षेत्रिय अध्यक्ष जिजान 0564540286, राजकुमार गिरी- क्षेत्रिय अध्यक्ष जेध्दा 0541596759, हेम सुवेदी-क्षेत्रिय अध्यक्ष रियाद 0530288127, शुक्र मोक्तान-सदस्य दमाम 0550748154 र नरेन्द्र कार्की-सदस्य दमाम 0569736026

