५ हजार भाडा तिर्न नसक्दा भाडा कुडा फाल्दै घरबेटीले कोठाबाट निकाले!

  • ७ बैशाख २०७७, आईतवार १७:५३ मा प्रकाशित
  • पोखरा । करिब १५ दिन भयो नबिन गुरुङ र श्री गुरुङलाई घरबेटीले निकाल्दिएको । लकडाउनको बेला सबै घर गए, उनीहरुको घर स्याङजा रहेछ तर घर जाने पैसा पनि नभएको र त्यही बेला दुई महिनाको घरभाडा घरबेटीले मागेपछि तिर्न सकेनन् ।

    महिनाको २५ सयका दरले दुई महिनाको पाँच हजार नतिरेपछि घरबेटीले घरबाट निकालेको र आफूहरु अलपत्रमा परेको नबिन गुरुङ बताउँछन् ।

    १५ दिनसम्म उनीहरुले पृथ्वीचोक, नदीपुर लगायतका ठाउँहरुमा सडकमै मागेर पकाएर खाए । प्रहरीले बेला बेलामा आएर जान भने पनि कसैले केही सहयोग नगरेको उनीहरुको गुनासो छ ।

    आईतबार भने पोखरा महानगरपालिकाले १२ किलो चामल एक किलो नुन र दुई कुलो दाल दिएको छ । यद्यपी उनीहरुले पाएको सामाग्री कसरी पकाएर खान्छन् त्यो भने महानगरसंग जवाफ छैन । भिडियो हेर्न भिडियो मा क्लिक गर्नुुुुहोस् । NP Khabar

    Leave a Reply