उमेश कुशवाहा,बीरगंज
विश्वभरी कोरोना भाइरस(covid 19) महामारीरूपमा फैलिएपछि सरकारले नेपाललाई पनि लक डाउन गरेको छ।
त्यही लक डाउनको फायदा उठाउँदै हुण्डी कारोबार गर्ने एक जनालाई प्रहरी ले पक्राउ गरेको छ।
विशेष सुचनाको आधारमा अवैध वित्तिय कारोवार(हुण्डी) भईरहेको छ।
भन्ने खबर प्राप्त हुना साथ जिल्ला प्रहरी तथा मातहत प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरी टोली ले मिति २०७७।०१।१७ गते अं.१५:३० बजेको समयमा जिल्ला पर्सा बी.म.न.पा.वडा नं.१६ रजतजयन्ती चौक स्थित सडकमा भारतको रक्सौलबाट बीरगंज तर्फ आउदै गरेको ना.६२ प ९५७१ नं.को २२० सि.सि.पल्सर मो.सा.मा सवार जिल्ला पर्सा बी.म.न.पा.वडा नं.१६ इनर्वागाँउ बस्ने अं.बर्ष २९ को लालबाबु कुमार यादवले ढाडमा भिरेको झोला भित्रको स्रोत खुल्न नसकेको नेपाली रु.११,५०,०००।–(एघार लाख पचास हजार) फेला पारी सो नगद र मो.सा.सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।



