लकडाउनको बेलामा मजदुर गाडिबाट झारेर हिडाउदा स्थानिय त्रसित

  • २५ चैत्र २०७६, मंगलवार २२:१५ मा प्रकाशित
  • २५ चैत्र २०७६

    कोभिड १९ कोरोना भाइरसको कारण देश लक डाउन गरिए पछि दैनिक ज्याला मजदुरी बाट जिविकोपार्जन गर्दै आएका ब्यक्ती प्रत्यक्ष प्रवाहित भएका छन। दैनिक खाना नपुगे पछि अहिले प्राय मधेशी र भारतिय मजदुर हरुले काठमाडौ छोड्न थालेका छन।

    नेपाल सरकारले देश लकडाउन गर्दै अत्यावश्यक बाहेकका सवारी र मान्छे हिडडुल गर्न प्रतिबन्ध लगाए पछि अहिले प्राय मधेसी र भारतीय मजदुर हरु लुकिछिपी हिडेरै गन्तव्य तर्फ लाग्न बाध्य भएका हुन। काठमाडौ बाट मुग्लिङ तर्फ दैनिक ठूलो संख्यामा मजदुर हरु सडकमा हिडिरहेको तस्विर देख्न सकिन्छ। धादिङ र चितवनको सिमा मौवाखोलामा प्रहरिले लुकिछिपी आएका मजदुर हरुलाइ गाडी बाट झार्दिए पछि रातीको समयमा अत्याधिक मान्छेको आवतजावत बढेको कुरिनटार स्थित स्थानिय भिम कुमार श्रेष्ठले बताउनु भएको छ। उहाको अनुसार दैनिक राती ठूलो संख्यामा भारतिय र मधेसी हिड्ने र केहिले सडक आसपासको घर पसलमा चोरी गर्ने प्रयास समेत गरेको र आफुले लखेटेको समेत बताउनु भएको छ। रोग सार्छन कि भन्ने डर त छदै छ अझ चोरिको पनि डर भो भन्ने उनको तर्क छ।

    दिउँसो र राती अपरिचित ब्यक्ती हरु लाई प्रहरिले गाडी बाट ओराली बजार छेत्रमा हिड्न बाध्य पारे पछि। स्थानियमा भने रोग सर्छ कि भन्ने भय व्यापक देखिन्छ। तर सडकमा हिडिरहेका यात्रुको भने छुट्टै पिर छ। काठमाडौमा चटपट बेच्ने पर्साका ५५ बर्षका राजकिशोर शाहा काठमाडौ बाट हिडेको तीन दिनमा कुरिनटार आइपुगे तर बाटोमा किनेर खान केही पाएनन ।

    सरकारले बिचल्लिमा परेका र घर जान चाहने हरुलाइ ब्यबस्थापन गर्दिय हुने भन्नी धेरैको मत रहेको छ।

    इच्छाकामना.कम बाट

    Leave a Reply