लकडाउनका बेला मलामी संख्या १२ जनामात्र जान पाईने

  • २५ चैत्र २०७६, मंगलवार १९:११ मा प्रकाशित
  • गोरखा : सिरानचोक गाउँपालिका ७ उपल्लो गोहोरेकी ९७ वर्षीय श्रीमाया भट्टको सोमबार राति निधन भयो।मंगलबार बिहान कोरोना प्रतिकार्य समितिको बैठक बसेर मलामी जम्मा १२ जना मात्र जाने निर्णय गरेको हो।निर्णय अनुसार भट्टको दरौंदी नदीमा लगेर दाहसंस्कार गरियो ।

    बाँकी रहेका छरछिमेकले घरमै सघाउने निर्णय गरिएको वडा अध्यक्ष सुरज ढकालले जानकारी दिए ।

    ‘उपल्लो गोहोरेमा करिब एकसय घरधुरी छ।यसअघि सय डेढ सय मलामी जाने चलन थियो’, वडाअध्यक्ष ढकालले भने, ‘तर अहिले कोरोना संक्रमणको त्रास छ।लकडाउन गरिएको छ।सामाजिक दुरीको व्यवस्था छ त्यसैले स्थानीय कोरोना प्रतिकार्य समितिले मलामीको पनि संख्या निर्धारण गरेका हुन् ।’ 

    आगामी दिनमा कसैको मलामी जानु परे पनि १२ जना मात्र जाने उनले बताए।

    सो वडामा २४ वटा प्रतिकार्य समिति छन्।गाउँपालिकामा एक सय ४८ वटा प्रतिकार्य समिति छन्।समितिले लकडाउनलाई कडाइका साथ कार्यान्वयन गरिरहेको गाउँपालिकाका अध्यक्ष राजु गुरुङले जानकारी दिए।

    गाउँका मान्छे पनि बाहिर नजाने र बाहिरका मान्छेलाई पनि गाउँमा प्रवेश निषेध गरिएको उनले बताए।पाहुना आए पनि १४ दिन क्वारेन्टाइनमा राख्ने अथवा फिर्ता जाने प्रस्ताव गर्ने गरेको उनले बताए।सो व्यवस्थाका कारण पाहुनाहरु पनि नआउने गरेको अध्यक्ष गुरुङले बताए ।

    अन्नपूर्णपोष्टबाट

    Leave a Reply