मध्यरातमा ४.७ म्याग्निच्युट्को भूकम्प

  • ४ बैशाख २०७७, बिहीबार ०६:३० मा प्रकाशित
  • काठमाडौं, बैशाख ४, २०७७
    नेपालको सोलुखुम्बु केन्द्रविन्दु भएर मध्यरातमा भूकम्म गएको छ। उक्त भुकम्प ४ दशमलव ७ म्याग्निच्युटको भएको र सोलुखुम्बुको फेरा आसपास केन्द्रविन्दु बनाएर बुधबार राती १२ बजेर ५५ मिनेट जादा गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

    आजभन्दा ५ वर्ष अघि मिति २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण भएको ठूलो धनजनको क्षति अझै आखाबाट ओझेल परेको छैन । जसले करिब १० हजार मानिसको ज्यान लिएको थियो भने लाखौं मानिस अंगभंग भएका थिए।

    कयौको घरबार तहसनहस भएको थियो । भूकम्पका कारण नेपालले अबौंको क्षति बेहोरेको थियो। सोही भूकम्पका कारण भत्किएका सम्पदाहरुको अझै पुनर्निर्माण कार्य सम्पन्न नभैसकेको अवस्था छ ।

    Leave a Reply