दाङ बिजौरीमा एक ब्यक्तिको करेन्ट लागेर मृत्यु

  • २७ चैत्र २०७६, बिहीबार १६:५५ मा प्रकाशित
  • फाइल तस्बिर

    विजौरी, २७ चैत्र / दाङको बिजौरीमा एक ब्यक्तिको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।

    तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरी निबासी ३७ बर्षिय बलबहादुर थापाले स्थानीय मानपुरे कुलामा माछा मार्दै गर्दा एक्कासी करेन्ट लागेर मृत्यु भएको हो ।

    ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार उनको मृत्यु करिव सवा १२ बजे भएको थियो । करेन्ट लागी घाईते भएका थापालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ ।

    कुलामा जोडेको विद्युतिय तार सर्ट भएका कारण करेन्ट लागेर मृत्यु भएको प्रहरी निरीक्षक चक्रडम्बर पालले जानकारी दिनुभयो ।

    Leave a Reply