
काठमाडौं : प्रधानमन्त्री केपी ओलीले कुवेतका प्रधानमन्त्री सवाह अल खालिद अल सवाहसँग फोनवार्ता गरेका छन्।
कुराकानीमा कुवेतका प्रधानमन्त्रीले त्यहाँ रहेका नेपालीलाई कुनै पनि अप्ठ्यारो पर्न नदिने र उनीहरुको उपचारमा खुला दिलले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।
प्रधानमन्त्री ओलीले ट्विटमार्फत् कुवेतका प्रधानमन्त्रीसँग फोनवार्ता भएको जानकारी गराएका हुन्। कुराकानीमा प्रधानमन्त्री ओलीले त्यहाँ कार्यरत नेपालीको सुरक्षा र कल्याणको बारेमा चासो राखेको जानकारी दिए।
‘आज दिउँसो कुवेतका प्रधानमन्त्रीसँग भएको टेलिफोन संवादमा मैले त्यहाँ कार्यरत नेपालीहरुको सुरक्षा र कल्याणको बारेमा आफ्नो चासो राखें’, प्रधनमन्त्री ओलीले भने, ‘कुवेतका प्रधानमन्त्रीले नेपालीलाई कुनै पनि अप्ठ्यारो पर्न नदिने र उनीहरुको उपचारमा खुल्ला दिलले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
अन्नपूर्णँपोष्ट बाट

