कुनै लक्षण नभएको र कोरोना पुष्टि भएकासंग उठबस पनि नभएको महिलालाई कोरोना देखिएपछि परिवार अलमलमा

  • २९ चैत्र २०७६, शनिबार १५:३६ मा प्रकाशित
  • धनगढी, २७ चैत ।
    कुनै त्यस्तो लक्षणबिना नै स्थानीय एक महिलाबाट लिइएको स्वाबको परीक्षणले कोरोना ‘पोजेटिभ‘को नतिजा देखिएपछि उहाँको परिवारका कतिपय सदस्य अलमलमा परेका छन् । ज्वरो, रुघाखोकी, श्वास फेर्न गाह्रो हुने त्यस्तो कुनै लक्षण नदेखिएको र कोरोना पुष्टि भएका ब्यक्तिसंग त्यस्तो उठबस पनि नभएको अवस्थामा पनि महिलामा कोरोना पुष्टि भएपछि कुन माध्यमबाट कसरी उहाँमा कोरोना भयो भन्नेमा परिवारका सदस्यहरु अलमलमा परेका हुन् ।

    “त्यस्तो कुनै लक्षण नदेखिएको अवस्थामा सेती प्रादेशिक अस्पतालवाट आएको टोलीले घरमा बस्नुभएकी उहाँलाई लगेर जाँदा रोग कसरी सर्यो होला भनेर अलमलमा पर्यौँ”, कोरोना पुष्टि भएकी महिलाकी जेठानीले भन्नुभयो, “विदेशवाट आइपुगेका देवरलाई भान्सामा उहाँले खाना खुवाउनुबाहेक अरु समयमा उठबस भएन, तर देवरको प्रत्यक्ष सम्पर्कमा रहेका परिवारका सदस्यमा रोग नसरेको देख्दा विचित्रको कुरा भएको छ ।”

    कोरोना पुष्टि भएका युवककी श्रीमती र बच्चासहित घरपरिवारका अन्य सात जनाको नतिजा नेगेटिभ आएको छ । युवककी भाउजूमा नतिजा पोजेटिभ देखिएको हो । कोरोना पुष्टि भएका व्यक्तिबाट परिवारकै अर्को सदस्यमा कोरोना भएको यस्तो घटनापछि कोरोना दोस्रो चरणमा प्रवेश गरेको घोषणा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही दिन अघि नै गरेको थियो । योसँगै रोकको रोकथाममा चुनौती पनि थपिदिएको छ ।

    कोरोना पुष्टि भएका युवक उहाँकी भाउजूसहित थप दुई पुरुषलाई सेती प्रादेशिक अस्पताल धनगढीमा राखेर उपचार भइरहेको छ । उपचारमा संलग्न अस्पतालका फिजिसियन डा शेरबहादुर कमरले कोरोना भाइरस शरीरमा गएपनि सबैलाई यो रोगको सं क ्रम ण नहुन पनि सक्ने बताउनुहुन्छ । “कोरोना पुष्टि भएका युवकलाई ति महिलाले ज्वरो आएको भनेर खाना पानी दिनुभयो होला, नजानिँदो ढङ्गले भाइरसको स ङ्क्र म ण भएको हुनसक्छ”, उहाँले भन्नुभयो ।

    कोरोना पुष्टि भएका चारै जनालाई अस्पतालको छुट्टाछुट्टै कक्षमा राखेर उपचार भइरहेको छ । अस्पतालले विगतदेखि दश प्रतिशत बिरामीलाई निःशुल्क खाना खुवाउँदै आएकोमा सोही मापदण्डभित्र रहेर अहिले कोरोना पुष्टि भएकालाई पनि निःशुल्क खानाको व्यवस्था गरिरहेको छ । “आवश्यक पर्दा पिपिइ, मास्कलगायतका सुरक्षा सामग्री लगाएर उहाँहरुको स्वास्थ्य जाँच गरिरहेका छौँ”, डा कमरले भन्नुभयो, “चारै जनाको स्वास्थ्य अवस्था समान्य छ ।”

    स ङ्क्र मित व्यक्तिबाट स्थानीयवासीमा स ङ्क्र म ण भएको यो घ ट नापछि सरकारको निर्णयअनुसार यतिबेला स ङ्क्र मित फेला परेको ठाउँ र आवश्यक अन्य ठाउँमा पनि र्यापिड टेष्ट गर्न थालिएको छ । काठमाडौँबाट खटिआएको टोलीले तीन दिनदेखि आवश्यक देखिएका र्यापिड टेस्ट गर्ने काम अघि बढाएको प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले बताउनुभयो । र्यापिड डाइग्नोटिस्क टेस्ट (आरडिटी) का लागि काठमाडौँबाट खटिएको छ सदस्यीय टोली सोमबार धनगढी पुगेको थियो । लकडाउन शुरु हुनुअघि र पछि भारतबाट झण्डै एक लाख ४० हजारको सङ्ख्यामा नेपाली यो प्रदेशमा फर्किएको अनुमान छ तर अधिकांश व्यक्ति अझै पनि क्वारेन्टाइनमा नबसेको अवस्था रहँदा रोगको थप जोखिम बढ्नसक्ने भन्दै स्थानीयवासी त्रसित छन् ।

    क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दीपायलको तथ्याङ्कमा प्रदेशका विभिन्न ३९ ठाउँमा स्थापना गरिएका क्वारेन्टाइनमा हाल दुई हजार ३६१ जना बसेको उल्लेख छ । यद्यपि फर्किनेमध्ये अधिकांश आफ्नै होम क्वारेन्टाइनमा बसेको र उनीहरुको निगरानी गर्ने काम भइरहेको सम्बन्धित स्थानीय तहको भनाइ छ ।

    कैलालीको गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत खेमराज बिष्टले होम क्वारेन्टाइनमा बसेका झण्डै १५० व्यक्तिको घरपरिवारलाई निरन्तर निगरानी गरिएको बताउनुभयो । लकडाउन शुरु भएपछि यी व्यक्ति गौरीफन्टा नाका हुँदै स्वदेश फर्किएका थिए । फर्किएकाहरुको निगरानी गरी शङ्कास्पद बिरामीको खोजपड्ताल गर्ने काम प्रभावकारी बनाउन नसकिए रोगको स ङ्क्र म ण दर निकै बढ्नसक्ने कतिपयको भनाइ छ ।

    निर्देशनालयको तथ्याङ्कमा हाल प्रदेशका विभिन्न अस्पतालमा गरी १० जना शङ्कास्पद बिरामीलाई आइसोलेसनमा राखेर उपचार भइरहेकोमा शङ्कास्पद ४६ जना उपचारपछि घर फर्किएको उल्लेख छ ।

    यता कोभिड–१९ का बिरामीको उपचार गर्ने सेती प्रादेशिक अस्पताल धनगढीमा मङ्गलबारसम्म शङ्कास्पद ६५ जनाको प्रयोगशाला परीक्षण गरिएको छ । तीमध्ये चार जनामा कोरोनाको स ङ्क्र म ण भएको पुष्टि भइसकेको छ । पचासको नतिजा नेगेटिभ आएको छ । एघारको नतिजा आउन बाँकी छ । पाँच शङ्कास्पद बिरामीको सो अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ ।
    Nepali News

    Leave a Reply