कपिलवस्तु समाजवादी पार्टीका एक नेताले लिदै आएकाछन् सरकारी दोहोरो सुबिधा ।

  • २६ चैत्र २०७६, बुधबार १९:४८ मा प्रकाशित
  • राघबेन्द्र चौबे

    २६ चैत २०७६
    कपिलवस्तुको क्षेत्र नंम्बर १ को ख बाट संघीय समाजवादी फोरम नेपाल बाट निर्वाचित भएका सहषराम यादवको स्वकीय सचिव विश्राम यादवले नेपाल सरकारको दोहारो सेवा सुविधा लिदै आएका छन् ।
    नेपालको बेरोजगारी समस्यामा कैयौं नेपाली दाजुभाइ बिदेशीएका अबस्थामा पनि उनले दोहोरो सरकारी सुबिधा लिएका छन् । सरकारी दोहोरो सुबिधा लिने क्रममा यता सहषराम यादवका स्वकीय सचिब विश्राम यादवले मासिक २५ हजार भन्दा बढी तलब बुझ्दै छन् । भने उता सोही जिल्लाको मायादेबी गाउँपालिकाको वडा नंम्बर ३ फुलीका बहरवासीमा रहेको श्री मुनेश्वार माध्यमिक विद्यालयमा अङ्रेजी विषय पढाउने स्वयंम् शिक्षकको रुपमा रहदैं मासिक १८ हजार बुझ्दै आएका छन् ।
    उनी त एक उदाहरण हुन् सरकारी दोहोरो सुबिधा लिनेमा तर यस्ता धेरै ब्यक्तिहरु होलान् जो राम्रो लाई हैन हाम्रोलाइ प्राथमिकता दिएर सरकारी दोहोरो तेहोरो सुबिधा उपभोग गर्दै आएका छन् । त्यसैले यश सम्बन्धमा सम्बन्धित सरकारी पक्षको ध्यान जानू जरुरी देखिन्छ ।

    2 thoughts on “कपिलवस्तु समाजवादी पार्टीका एक नेताले लिदै आएकाछन् सरकारी दोहोरो सुबिधा ।

    1. सबैको प्रतिक्रिया लिन जरुरी थियो जस्तै प्रदेश सांसद ,स्कूलका प्रधानध्यापक र उपभोग गरेका व्यक्ति

    Leave a Reply