उमेश कुशवाहा बीरगंज
विश्वब्यापी रुपले महामारीको फैलिरहेको (कोभेड-१९ )नोबोल कोराना भाईरसको चेक जाँचको लागि प्रदेश २ सरकारले पिसिअार मेसिन नारायणी अस्पतालमा राखेपनि अहिले सम्म सेवा सुचारु हुन सकेको छैन ।
अखिल ने्पाल पिछडा बर्ग (OBC)पर्साका अध्यक्ष युवा नेता साहले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नारायणी अस्पतालमा पिसिअार मेसिन चैत ३० गते अाईतबार देखि चेकजाच हुन्छ भने पनि अाज सम्म संचालनमा किन अाउनसकेन प्रशन गरेका छन् ।
अखिल नेपाल पिछडा बर्ग ( OBC) पर्साका अध्यक्ष अकलेश साहले पिसि अार मेसिन सुचारु नभएको कारणले प्रदेश २ मा रहेका जनताहरु कोरोना परिक्षण हुन नसेको कुरा एकदम निन्दनीय रहेको बताउनु भयो ।
त्यस्तै मधेशमा मधेशी कै सरकार हुदा पनि मधेशी जन्ता भोकै भोक ग्यास र खाद्यान समाग्री बिना कोही मरी रहेका छन। भने
राहत बितरणमा स्थानीय तहले आफ्नो मान्छे र भोट दिएको लाई बढ़ी प्राथमिकता दिई गरीब अशक्त,असहाय दिन दुखिया मान्छेलाई पहिचान नगरी र राहत बितरण भइरहेको को जन गुनासो पनि रहेको छ।
भोटर लिस्टमा नाम नभएको लाई बढ़ी प्राथमिकता राहत बितरणमा नदिएको कुराहरु पनि बाहिर आइरहेको छ।
त्यसैले साहले अती विपिन्न परिवार र दैनिक ज्यालादारी मजदुरी गरि खाने परिवारको लागि खाना र हरेक वडामा अौषधी बितरण गर्ने ब्यस्था उपलब्ध गराउनको लागि प्रदेश सराकार र स्थानिय सरकार समन्वय गरि राहत बितरण गर्न आग्रह समेत गर्नु भएको छ।
संघ सरकारले तोकेको राहतमा कटवटी नगरी चामल ३० किलो,दाल ३ किलो,नून २ पकेट,खाने तेल २ किलो,चीनी २ किलो,साबुन ४ ओटा राहत बितरण गर्ने समेत आग्रह गर्नु भएको छ।
हावाहुरि र आसीना पानीले किसानको खेती बालिमा अवसर र नोक्सान पुगेकोमा यसलाई पनि सरकारले पहिचान गरी क्षतिपूर्तीको ब्यवस्था मिलाउन अनुरोध समेत गर्नु भएको छन ।





