एनआरएनए आरसिसि रियाद साउदीद्वारा अलपत्र नेपाली लाई खानेबस्ने ब्यबस्था सहित गर्‍यो उद्धार ।

  • १० बैशाख २०७७, बुधबार २२:३६ मा प्रकाशित
  • समर्पण रमजान

    २२ अप्रिल २०२०, रियाद साउदी अरब
    बिगत केहि दिन देखि रोडको चिसो भुइमा बस्न बाध्य भएका सुदुरपश्चिम कैलालीका सेर बहादुर कडारोलाई एनआरएनए आरसिसि रियाद साउदी अरबले खान र बस्नको ब्यबस्थापन गरि उद्धार गरेको छ ।

    केहि बर्ष पहिले साउदीको एक ट्रान्स्पोर्टेसन कम्पनिमा आएका कडारोले उक्त कम्पनीमा उचित काम र तलब नपाएपछि भागेर काम गर्दै आएका थिए । अहिलेसम्म भागेर काम गर्दै आफ्नो दैनिकी चलाएका करोडा कोरोनाको लकडाउनका कारण खान र बस्न समस्यामा परेका थिए ।

    उहाँको समस्यालाई दूतावास रियादमा राख्दा दूतावास रियादमा सेल्टरको ब्यबस्थापन नभएको र एनआरएनए साउदी समक्ष सहयोगको लागि अनुरोध गरिएको थियो । एनआरएनए साउदिले उहाँको सत्य तथ्य समस्या बुझेर तत्काल खान र बस्नको लागि ब्यबस्थापन गरेको छ ।

    उहाँको समस्या समाधानमा दूतावासले पनि बारम्बार उद्धारका लागि कोसिस गरे पनि अहिलेको लकडाउनका कारण उहाँ लाई तत्काल नेपाल पठाउन नसकिएको र लकडाउन खुल्ने बितिकै नेपाल पठाउन पहल गरिने कुरा छ ।

    उहाँको उद्धारका लागि सुदुरपश्चिमेलि समाज कुबेत भारत र साउदिको समन्वयमा एनआरएनए साउदी अध्यक्ष तेज बहादुर थापा, उपाध्यक्ष विशाल श्रेष्ठ, रियादका क्षेत्रीय अध्यक्ष हेम सुवेदी र आइसिसी सदस्य नारायण पासवान, आइसिसी मनार्थ सदस्य रमेश भन्डारी ले प्रमुख भुमिका खेल्नुभएको थियो ।

    यसै गरि केही हप्ता पहिले पनि रियाद क्षेत्रीय समन्वय समितिले पीडित ज्ञानेन्द्र बहादुर कुशालाइ पनि खाधन्न राहत प्रदान गरेको थियो ।

    Leave a Reply