
–वसन्त अनुभव-
काठमाडौ, १ बैशाख / नेपालमा कोभिड १९ को संक्रमित मानिसको संख्या १४ जना पुगेको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उनिहरुको नमुुना परिक्षण गर्दा पोजिटिभ देखिएको थियो ।
सोमबार मात्र कैलाली जिल्लाको क्वारेन्टाइनमा बसिरहेकी ६५ वर्षीय महिला र रौतहट जिल्लाको क्वारेन्टाइनमा बसिरहेका एक १९ वर्षीय युवालाई नोबेल कोरोना पोजिटिभ देखिए सँगै संक्रमितको संख्या १४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।
हिजो आईतवार मात्र ३ जना भारतीय नागरिकलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो । हालसम्म काठमाडौ लगायत देशका विभिन्न स्थानमा गरिएको परिक्षण समेत गरि कुल ५ हजार ६ सय ९१ जना ब्यक्तिको कोरोना भाइरस परिक्षण गरि सकिएको प्रवक्ता डा. देवकोटाले बताउनु भयो ।
प्रवक्ता डा.देवकोटाका अनुसार देशभर १ सय ३ जना आइसोलेसनमा बसेको जसमध्ये ९ जना काठमाडौ उपत्यकाभित्र र बाकी ९४ जना उपत्यका बाहिर बसेका छन । साथै देशभर ७ हजार १ सय ६६ जना मानिसहरू क्वारेन्टाइनमा बसेको जानकारी प्रवक्ता डा. देवकोटाले गराउनु भयो ।

