
काठमाडौँ । लकडाउनको उल्लङ्घन गर्ने एक व्यक्तिलाई फिलिपिन्समा गोली ठोकेर मारिएको छ। लकडाउनको उल्लङ्घन गरेको आरोपमा ६३ वर्षीय ती व्यक्तिलाई फिलिपिन्स प्रहरीले गोली हानेर मारेको हो।
लकडाउनको उल्लङ्घन गरेका ती व्यक्तिलाई रोक्ने क्रममा गाउँ अधिकारी र पुलिसमाथि हँसियाले आक्रमण गर्न खोजेपछि आत्मरक्षाका गोली गोली चलाइको त्यहाँका अधिकारीलाई उदृत गर्दै अल जजीराले जनाएको छ।
ती व्यक्ति मादक पदार्थ सेवन गरेर बाहिर निस्किएको अुनमान गरिएको छ। ती व्यक्तिले दक्षिणी राज्य अगुसान डेल नोर्तेको नासिपित शहरमा रहेको चेकप्वाइन्टमा गाउँ अधिकारी र पुलिसमाथि आक्रमणको प्रयास गरेको समाचारमा उल्लेख छ।
यो कोरोनाभाइरस नियन्त्रणका लागि गरिएको लकडाउन नमान्ने सर्वसाधारणलाई गोली हानिएको पहिलो घटना हो। गत बुधबार राष्ट्रपति रोड्रिगो दुतेर्तेले लकडाउनमा गरिएको कडाइ नमानेमा आफूले पुलिसलाई गोली हान्न आदेश दिने चेतावनी दिएका थिए।
सुत्र टिभी

