मुगुमा आगलागी हुँदा एक घर जलेर नष्ट

  • १० बैशाख २०७७, बुधबार २२:०९ मा प्रकाशित
  • मुगु, १० बैशाख २०७७
    कर्णाली प्रदेशको मुगु जिल्ला अन्तर्गत छाँयानाथ रारा नगरपालिकामा एक घर जलेर पुरै नष्ट भएको छ ।

    प्राप्त जानकारी अनुसार छाँयानाथ रारा नगरपालिका वडा नं. १४ बाम गाउँ निवासी धनमान सिहं बुढाको घर आगलागी भई घरमा रहेको सम्पुर्ण सामान जलेर नष्ट भएको हो ।

    आगलागीबाट पुरै घर क्षति भए पनि कुनै मानवीय क्षति भएको जानकारी प्राप्त भएको छैन । साथै आगलागीबाट कति क्षती भयो बन्ने बारे हालसम्म एकिन हुन सकेको छैन ।

    घर जलेर पुरै नष्ट भएको खबरले आफु निकै दुखित र स्तब्ध भएको कुरा छाँयानाथ रारा नगरपालिकाका मेयर हरिजंग शाहीले बताउनुभयो ।

    साथै मेयर शाहीले अग्नि पिडितलाई केही नगदसहित तत्काल राहत सामग्री नगरपालिकावाट उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

    Leave a Reply