बस्ती सुरक्षित गर्न आँबुखैरेनी गिरानचौरका स्थानीयले बाटो छेके

  • २६ चैत्र २०७६, बुधबार २१:१३ मा प्रकाशित
  • आँबुखैरेनी, २६ चैत
    विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोवल कोरोना भाइृरस कोभिड १९ ले संसारका धेरै राष्ट्रहरुलाई आक्रान्त पारिरहेको छ। यसको रोकथाम र थप फैलन नदिनको लागी नेपाल सरकारे तेस्रो पटक लकडाउन जारी गरेको छ।

    यसलाई पूर्ण पालना र थप कडाइ गर्नको लागि तनहुँ आँबुखैरेनी गाउँपालिका १ गिरानचौर गाउँका स्थानीयहरुले वस्ती प्रवेश गर्न मुख्य सडकमार्गमा बार हाली आवागमन बन्द गरेका छन्।


    पछिल्लो समयमा नेपालमा संक्रमित व्यक्तिको संम्पर्कमा आएको मानिसमा पनि संक्रमण देखिएपछि स्थानीय युवाहरुको पहलमा उक्त बार हालिएको स्वतन्त्र युवा क्लव गिरानचौरका अध्यक्ष तुल बहादुर गुरुङले बताए।

    ६० घर परिवार रहेको उक्त बस्तीलाई सुरक्षित राख्न पनि अनावश्यक रुपमा गाउँ छोड्न र नयाँ मान्छेलाई प्रवेशमा रोक लगाइने क्लवका अध्यक्ष गुरुङले बताए।


    त्यसो त गाउँपालिका अध्यष गिर बहादुर थापाका अनुसार चैत्र महिनाको सुरुवात सँगै आँबुखैरेनी गाउँपालिका भित्र विदेशबाट आई सेल्फ क्वारेन्टाइनमा बस्नेहरु २१ जना रहेका छन्।

    स्थानीयवासीले स्वेच्छाले नै लकडाउनलाई प्रभावकारी बनाउन अपनाइएको कार्यलाई सकरात्मक रुपमाा नै हेरिएको गाउँपालिका अध्यक्ष थापाको भनाई छ।
    स्थानीयहरु नै यसरी चेतनशील भएर जागरुक हुनु सह्रानीय छ। त्यहा मात्र होइन अन्य वस्ती समाज पनि जागरुक भएर सुरक्षित हुनुपर्ने इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख बुद्धि प्रसाद सुवेदीले बताए ।

    इच्छाकामना.कम बाट

    Leave a Reply