
कमिरेचौर,२७ चैत्र / दाङको बंगलाचुली गाउँपालिकाले थप ५ जनालाई क्वारेनटाईनमा राखेको छ । विहिवार बंगलाचुली गाउँपालिकाको वडा नं.–४ झुलीडाँडामा रहेको क्वारेनटाईनमा उनीहरुलाई राखेको हो । यो संगै बंगलाचुलीमा क्वारेन्टाईनमा बस्नेहरुको संख्या ७ जना भएको छ ।
बंगलाचुली गाउँपालिका वडा नं. २ का ३ महिनाको शिसु सहित ३ जना र वडा नं.४ को दुईजनालाई क्वारेनटाईनमा राखीएको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले जानकारी दिनु भयो । उनिहरु मध्य दुई महिला र एक ३ महिनाको शिसु सहित ३ पुरुष रहेका छन् ।
उनिहरुमध्य एकजना भारतको दिल्ली बाट आएको र उनिहरु सबैजना एकैठाउँमा घोराही भरतपुरमा बसेको पाईएको हुँदा उनिहरु सबैलाई क्वारेनटाईनमा राखीएको हो
ती पुरुष भारतको दिल्लीस्थित अशोक विहार बाट यहि चैत्र ९ गते घोराही आई बसेको र आज बिहिबार बंगलाचुली गाउँपालिका वडा नं.२ स्थित घरमा आउँदै गर्दा उनिहरुलाई कोरोनाको जोखिम नहोस् भनि क्वारेन्टाईनमा राखिएको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले बताउनु भयो । (सोसल मिडियामा शेयर)

