
घोराही, ११ बैशाख
घोराही उपमहानगरपालिका वडानं १४ मा रहेको जामे मस्जिद मुस्लिम समाज घोराही दाङले घोराही उपमहानगरपालिका वडा नं. १४ लाई १ लाख ३७ हजार ४० रुपँया बराबरको खाद्यान्न लगायतको राहत सामग्री सहयोग हस्तान्तरण गरेको छ ।
उक्त राहत सामग्री घोराही उपमहानगरपालिका वडा नं १४ का अति विपन्न गरिब, छाक बसेका पीडितहरुलाई राहत सहयोग प्रदान गर्नका खातिर जम्मा गरिएको समाजले जनाएको छ ।

सहयोग सामग्रीको हस्तान्तरण मुस्लिम समाजका अगुवा एवं संयोजक कुतबुद्दिन फारुकीले गर्नु भएको थियो । सहयोग हस्तान्तरण कार्यक्रमको नगर प्रमुख मेयर नरुलाल चौधरी, उप प्रमुख सिता सिग्देल न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी र वडा नं १४ को अध्यक्ष शक्तिराम डाँगीको उपस्थिति रहेको थियो ।

