कोरोना- बंगलाचुलीका जनप्रतिनिधी स्पीकर बोकी गाउँगाउँमा

  • १९ चैत्र २०७६, बुधबार १६:१७ मा प्रकाशित
  • कमिरेचौर,१९ चैत्र / कोरोना भाइरस (कोभिड १९) जसको कारण संसार आजित छ । लाखौँ संक्रमित भईसके ,हजारौँको जीवन समाप्त भयो ।क्रम अझै जारी छ । कहाँ ,कहिले ,कसले र कसरी यो भाईरस नियन्त्रण गर्न सक्छ भन्ने प्रश्नको जवाफ कसैसंग पनि छैन । २१ औँ शताव्दिको विकसित मावन दुनियाँमा आज घडिको सुई घुमे जसरी पलपलमा मन्छेकै जीवन समाप्तिको घण्टी बजीरहेको छ ।

    कोरोना भाईरसको चपेटामा परेर आज विकसीत भनिने देशहरु छटपटाई रहेका छन् । त्यहाँका नागरिक जिन्दगिको भिख मागीरहेका छन् । जहाँ मृत्यु कारुणिक छ । यो भाईरसको गति अनियतन्त्रित छ , थाहा छैन यो कुनबेला कहाँ पुग्छ।अनि कसको ज्यान लिन्छ त्यो पनि भन्न सकिदैन ।

    त्यसैले दुनियाँका ठुला–ठुला वैज्ञानिकहरुले पनि यसबाट बच्नको लागि भन्ने गरेको एउटै दवाई हो,”घर देखि बाहिर ननिस्कने ।आनिबानिमा पूर्ण सचेत रहने ।” तर गाउँघरमा यो भाईरसको बारेमा जानकारी भए पनि लाहपर्वाही हुने गरेको छ । भाईरसले भेटेमा ज्यानै समाप्त हुन्छ भन्ने कुराको ज्ञात हुँदा हुँदै पनि हामी मृत्युलाई निमन्त्रणा दिन पछी पर्दैनौ ।

    सरकारी आज्ञालाई अवज्ञा गर्दै हुलका हुल जम्मा हुने,भेटघाटहुने,आवत जावत गर्ने काम जारी छ । यो खासगरी ग्रमिण भेगका गाउँघरमा छ । यस्तो गर्नु हाम्रो लागि निकै खतरनाक छ तर हामि वास्ता गर्दैनौ । यस्तै वेवास्ता गर्ने जनतालाई सचेतना फैलाउँदै हिड्ने काम गर्दै हुनुहुन्छ, बंगलाचुली गाउँपालिका वडा नं.६ का वडा अध्यक्ष वेदुलाल घर्ती क्षेत्री ।

    अरुवेला वडा कार्यालयमा विभिन्न काममा व्यस्त हुने उहाँको दैनिकी आजभोलि अलिक फरक छ । बिहान उठ्नेवित्तिकै वडाध्यक्ष घर्तिले स्पिकर बोकेर कोरोनाबारे सचेत रहन गाउँभरी माइकिङ गर्दै हिँड्न सुरु गर्नु हुन्छ । मोटरसाइकल चल्ने केही बाटोमा मोटरसाईकल चढेर पुग्नु हुन्छ । भने नपुग्ने ठाउँमा खुट्टाले हिडेरै माइकिङ गर्नु हुन्छ ।

    उहाँले माइकिङ बाट जनतालाई एकैठाउँमा जम्मा नहुन ,सावुन पानीले हातधुन, एक अर्को संग भेटघाट नहुँन अनुरोध गर्नु हुन्छ । यही अनुरोध गर्दै उहाँ वडाको तिमिले, गँदारी, अमारे, रिभान, लगाएतका थुप्रै गाउँमा धाउनु हुन्छ ।यही काममा उहाँको विहान देखि बेलुका सम्मको रुटीननै बनेको छ ।

    वडा अध्यक्ष वेदुलाल घर्ति भन्नु हुन्छ,”पहिले पहिले जनतालाई सम्झाउन अलि गार्ह्रो भयो अहिले त्यस्तो छैन सबैले कोरोना बाट बच्नु पर्छ भन्ने सोच्नु भएको छ । गाउँघरमा अहिले लकडाउनको पालना भएको छ ।”

    वडा अध्यक्ष घर्तीले गाउँमा कोरोना भाईरस बाट बच्नको लागि सचेतना जगाउने काम संगै वडाका टोललाई समेट्ने गरी स्वयंसेवक दल गठन गर्नु भएको छ । वडा अध्यक्ष घर्तीको संयोजकत्वमा ११ सदस्यीय स्वयंस्वक दलले गाउँघरका टोल टोलमा कोरोना बाट बच्न जनतालाई सचेत पार्ने काम गरिरहेको बताउनु भयो ।

    वडा अध्यक्ष घर्ति भन्नु हुन्छ ,”हामी हरेक दिन कुनै न कुनै माध्यम बाट जनतालाई सचेत बनाउने काम गरी रहेका छौँ ।सञ्चारको सुविधा तथा सामाजिक सञ्जाल प्रयोग गर्नेहरुले के गर्न हुन्छ र के हुँदैन भन्ने बुझिरहेकै छन्। तर अलि दुर्गम टोल तथा बस्तीमा अवस्था त्यस्तो छैन।त्यसैले हामी निरन्तर सचेतना फैलाउने काम गरिरहेका छौ ।”

    वडा ६ का अध्यक्ष वेदुलाल घर्ती जस्तै वडा नं.३ का अध्यक्ष शोभाराज विश्वकर्मा पनि कोरोना भाईरस बाट बच्नको लागि जनतालाई सचेतना फैलाउने काममा दिनरात खटिनु भएको छ ।उहाँले पनि विहान देखि वेलुका सम्म स्पिकर अनि माईक हातमा बोकेर कोरोना भाईरस बाट जनतालाई बच्नको लागि अनुरोध गर्दै हिड्ने काम गर्नु भएको छ ।

    वडा अध्यक्ष विश्वकर्मा भन्नु हुन्छ,”हाम्रो वडाको आधा भागमा संचारको पहुँच छ आधामा छैन त्यसकारण जनतालाई कोरोना बाट बचाउनका लागि यसरी लागि रहेका छौँ ।” अध्यक्ष शोभाराज विश्वकर्माले ३ नंम्वर वडाको तिखिचुली, भेडावारी, मुलावारी, अरङखोला जस्ता ठाउँ अतिनै विकट रहेको र त्यहाँका जनतामा जनचेतनाको स्तर कमी रहेको हुँदा त्यहाँका जनतालाई धेरैनै सचेत पार्ने काम भएको बताउनु भयो ।

    अहिले बंगलाचुली गाउँपलिकाको विभिन्न वडाका वडा अध्यक्षहरु कुनै न कुनै तवरले कोरोना भाईरसबाट बच्नको लागि सबैलाई अनुरोध गर्दै हिड्नु भएको छ । गाउँपालिको वडा नं. ५ मा झन सबैभन्दा पहिला देखिनै कोरोना भाईसरबाट बच्न विभिन्न गतिविधी भएको थियो । वडा नं.५ का अध्यक्ष एनुराज खत्रीको अगुवाईमा त्यहाँ स्वास्थ्य,तथा सरसफाई , नमस्कार अभियान जस्ता कामको सुरुवात भएको थियो ।

    बंगलाचुली गाउँपलिकाको वडा नं.५ मा अहिले पनि कोरोना बाट बच्नका लागि विभिन्न तवरबाट जनचेतना फैलाउने काम भएको वडा अध्यक्ष एनुराज खत्रीले बताउनु भयो ।

    त्यसैगरी गाउँपालिकाको ७ र ८ नम्वर वडाले पनि कोरोना बाट बच्नको लागि प्रत्येक दिन जनतालाई सचेत पार्ने काम गरीरहेको वडा नं.८ का अध्यक्ष गिरराज बाँठाले जानकारी दिनु भयो ।

    वडामा स्वयंसेवक दल गठन गरेर गाउँगाउँमा जनतालाई सचेत पार्नेकाम गरिरहेको बताउनु भयो । यसैगरी बंगलुचली गाउँपालिकाका स्वस्थ्यकर्मीहरुले पनि हरेक ठाउँमा जनतालाई सचेत पार्ने काम गर्दै जनताको सेवा गरेका छन् ।

    गाउँपालकाको विभिन्न स्वास्थ्य संस्थाहरुका साथै गाउँपालिकाले स्थापना गरेको क्वारेनटाईन बाट समेत जनतालाई कोरोना भाईरसको बारेमा सचेत बनाउने काम भएको छ । बंगलाचुली गाउँपालिकामा भारत तथा तेस्रो मुलुक बाट गरेर १४ सय बढी स्थानिय गाउँ फर्केका छन् ।
    सोसल मिडियामा शेयर

    Leave a Reply