कोरोना अपडेट : मृतकको संख्या ८८ हजारभन्दा बढी

  • २७ चैत्र २०७६, बिहीबार ०८:२३ मा प्रकाशित
  • काठमाडौं– कोरोना भाइरसबाट मुत्यु हुनेको संख्या ८८ हजार नाघेको छ ।
    नेपाली समय अनुसार बिहीबार बिहान ७ बजेसम्म संसराभर कोरोना भाइरसको संक्रमणबाट मुत्यु हुनेको संख्या ८८ हजार ४ सय ४४ पुगेको छ ।

    इटालीमा मुत्यु हुनेको संख्या १७ हजार ६ सय ६९ पुगेको छ ।

    स्पेनमा १४ हजार ७ सय ९२ जनाको मत्यु भएको छ।

    अमेरिकामा १४ हजार ७ सय ६६ जनाको मुत्यु भएको छ।

    फ्रान्समा मुत्यु हुनेको संख्या १० हजार ८ सय ६८पुगेको छ।

    जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार संसारभर १५ लाख १४ हजार ८ सय ६६ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

    कोरोना भाइरसबाट संक्रमित बिरामी उपचारपछि घर फर्किनेको संख्या ३ लाख २९ हजार ४ सय ९२ पुगेको छ।

    २४ घन्टामा विश्वका विभिन्न देशहरुमा गरेर ८२ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् भने ६ हजार भन्दा बढी मानिसको मुत्यु भएको छ।

    एक दिनमा अमेरिकामा ३० हजार मानिस संक्रमित भएका छन् भने १ हजार ९ सय २५ जनाको मुत्यु भएको तंथ्याक रहेको छ। योसँगै अमेरिकामा संक्रमितको संख्या ४ लाख ३० हजार ९ सय २ पुगेको छ।

    स्पेनमा १ लाख ४८ हजार २ सय २० जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्।

    इटालीमा १ लाख ३९ हजार ४ सय २२ जना संक्रमित भएका छन्।

    जर्मनीमा १ लाख १३ हजार २ सय ९६ जना संक्रमित भएका छन्।

    फ्रान्समा १ लाख १३ हजार ९ सय ६५ जना संक्रमित भएका छन्।

    उत्तर र दक्षिण अमेरिकन देशहरुमा कोरोना संक्रमणको अवस्था
    अमेरिकामा ४ लाख ३० हजार ९ सय २ जना संक्रमित भएका छन्। मुत्यु हुनेको संख्या १४ हजार ७ सय ६६ पुगेको छ ।

    क्यानाडामा संक्रमितको संख्या १९ हजार ४ सय ३८ पुगेको छ। ४ सय २७ जनाको मुत्यु भइसको छ।

    ब्राजिलमा १६ हजार १ सय ८८ जना मानिस संक्रमित भएका छन्। ८ सय २० जनाको मुत्यु भएको छ।

    चिलीमा ५ हजार ५ सय ४६ जना कोराना भाइरसबाट संक्रमित भएका छन्। मुत्यु हुनेको संख्या ४८ पुगेको छ।

    पेरुमा ४ हजार ३ सय ४२ जना संक्रमित भएका छन्। मुत्यु हुनेको संख्या १ सय २१ रहेको छ

    मेक्सिकोमा २ हजार ७ सय ८५ जना संक्रमित भएका छन्। मुत्यु हुनेको संख्या १ सय ४१ पुगेको छ।

    कम्बोडियामा २ हजार ५४ जना मानिस संक्रमित भएका छन्। मुत्यु हुनेको संख्या ५५ पुगेको छ।

    अर्जेन्टीनामा १ हजार ७ सय ९५ जनाको संक्रमित भएका छन्। मुत्यु हुनेको संख्या ६५ पुगेको छ।

    कोस्टारिकामा ५ सय २ जना संक्रमित भएका छन्। तीन जनाको मत्यु भएको छ।

    क्युबामा ४ सय ५७ जना संक्रमित भएका छन् १२ जनाको मुत्यु भएको छ।
    स्वास्थ्य खबरपत्रीका

    Leave a Reply