कोरोना अपडेट – तुलसीपुर उ.म.न.पा.को क्वारेन्टाइनमा १३ जना, सबैको स्वास्थ्य राम्रो

  • २४ चैत्र २०७६, सोमबार २३:३१ मा प्रकाशित
  • तुलसीपुर उपमहानगरपालिकाले विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण (कोभिड१९) को रोकथाम तथा नियन्त्रणका लागि गंभिर रुपमा खट्दै आएको छ ।

    नगरभित्र विविध गतिविधिहरु दैनिक जसो सन्चालन गर्दै आइराखेको छ । सोमबार नगरप्रमुख घनश्याम पाण्डे लगायत श्री १९ नं. बाहिनीपति समेतको टोलिले क्वारेन्टाइन कक्षको अवलोकन गरेको छ ।

    हाल क्वारेन्टाइनमा १३ जना मानिसहरू रहेको र ती सबैको स्वास्थ्य सामान्य रहेको जनस्वास्थ्य निरीक्षक विमल केसीले जानकारी दिनुभयो । साथै उहाले दुबईबाट नेपाल आई क्वारेन्टाइनमा बसेका ४ जना ब्यक्तिहरुको थ्रोट स्वाब कलेक्सन भोलि गरिने पनि बताउनुभयो ।

    त्यस्तै जनस्वास्थ्य प्रवर्धन शाखाको अगुवाइमा वडा अध्यक्ष , प्रहरि लगायतको टिमद्वारा तुलसीपुर उ.म.न.पा. वडा नं १५ मा विदेशवाट आएका व्यक्तिहरुको स्वास्थ्य अवस्थाको वारेमा द्वारा अनुगमन गरेको छ ।

    साथै तुलसीपुरको उपमहानगरपालिकाले आमाबच्चाको स्वास्थ्य सुधार गर्ने उद्देश्यले सुत्केरीलाई अण्डा उपहार दिने भएको छ । साथै नगरले आफ्नो क्षेत्रका सवै स्वास्थ्य संस्थाहरुलाई आफ्नो क्षेत्रमा रहेका गर्भवति, सुत्केरी, दिर्घ रोगी, मुटु रोगी, मधुमेह तथा दम /copd भएका विरामीहरुको लगत राख्न आह्वान गरेको छ।

    साथै नेपाल सरकारले कोरोना रोग रोकथाम नियन्त्रणमा महिला स्वास्थ्य स्वयम्सेविका परिचालन गर्ने तयारी गरेको छ त्यसमा सहयोग गर्न म.स्वा.स्व.से. लगायत स्वास्थ्यकर्मीहरुलाई नगरले अनुरोध गरेको छ । साथै नगरले स्थापना गरेको कोरोना विपद कोषमा आर्थिक लगायत खाद्यान्न संकलन हुने क्रम जारी रहेको बताएको छ । सवै स्वास्थ्यसंस्थाका कर्मचारीहरुलाई सतर्कता र सावधानी अपनाएर उच्च मनोवलका साथ विरामीको सेवामा खटिन नगर प्रमुख घनश्याम पाण्डेले सबैलाई अनुरोध गर्नु भएको छ ।

    साथै जनस्वास्थ्य प्रवर्द्धन महाशाखाले सवै स्वास्थ्य संस्थालाई नियमित फिवर क्लिनिक संचालन गर्न र अन्य सेवा स्वास्थ्य परामर्श लगायत क्षयरोगका विरामी सलाईड वनाई तालुक निकायमा पठाउन अनुरोध गरेको छ । साथै गर्भवती र विदेशबाट आएका ब्यक्तिको पर्सेनी नगर स्वास्थ्यकेन्द्रले नामावली संकलन गरेको छ । साथै बिजौरी स्वा.चौ. ले विदेसबाट आएका १० घर परिवार स्वास्थ्य अवस्था अनुगमन गरेको छ ।

    Leave a Reply