कोरोनाको महामारीबाट बच्नका लागि सरकारले दिएको निर्देशन सबैले पालना गर्न जरुरी छ – राजेश सिंह, केन्द्रिय सदस्य, रा.प्र.पा.

  • १९ चैत्र २०७६, बुधबार ११:०२ मा प्रकाशित
  • सारा विश्व नै यतिबेला कोभिड १९ को कहरले आक्रान्त बनेको छ । सम्पुर्ण मुलुकहरू कोरोना विरुद्धको लडाइँमा होमिएका छन । कोरोनाले दिनप्रतिदिन मानिसहरूको ज्यान लिइरहेको छ । कोरोना महामारीको सुरुवात चीनबाट भएको भएतापनी हाल अधिकांस राष्ट्रहरु ग्रसित हुन पुगेका छन ।

    डढेलो झै फैलिएको कोभिड १९ ले चीनमा ३००० बढीको लिइ छाड्यो । तर अहिले त्यहाँ नियन्त्रण भैसकेको अवस्था छ । यतिबेला यस रोगबाट सबैभन्दा बढी आक्रान्त इटाली हुन पुगेको छ । जहाँ १२००० भन्दा बढिको मृत्यु भैसकेको छ ।

    छिमेकी मुलुक चीनमा कोभिड १९ को कहर बर्षिए सगै अर्को छिमेकी राष्ट्र भारत पनि यसको चपेटामा परिसकेको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई अति जोखिमयुक्त मुलुकमा राखेको छ । नेपालमा हालसम्म ५ जना संक्रमित भैसकेको पुष्टि भैसकेको छ । कोरोनाको संक्रमणको कारण अहिलेसम्म कसैको मृत्यु भने भएको छैन । संक्रमित ५ जनामध्ये १ जना निको भैसकेका छन भने ४ जना उपचाररत छन ।

    कोरोना संक्रमणबाट बच्नको लागि हामीले सावधानी र सतर्कता अपनाउनु पर्ने हुन्छ जुन सरकारले विविध माध्यमबाट सचेत गराउदै आएको छ । साथै विभिन्न व्यक्तित्वहरु जस्तै कलाकर्मी, राजनैतिककर्मी, विद्वान आदि बाट आफ्ना मतसहितको सल्लाह, सुझाव प्राप्त भैरहेको छ ।

    यसै विच रा.प्र.पा का केन्द्रिय सदस्य राजेश सिंहले कोरोनाबाट बच्नका लागि सम्पुर्ण नागरिकहरुलाई सरकार निर्देशित कुराहरू पालना गर्न अपील गर्नुभएको छ । उहाँले भन्नुभयो ‘कोरोनाको माहामारी बारे त सबै नागरिकलाइ जानकारी भइसकेको नै छ । यस बाट बच्न सरकारले जारी गरेको निर्देशन सबै ले पालना गर्न म अपील गर्दछु ।’

    साथै उहाँले कपिलबस्तुमा रा.प्र.पा.बाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूलाई एक अपील जारी गर्दै यो संकटको घड़ीमा जनताको साथमा काधमा काध मिलाएर क्रियाशिल रहन अनुरोध गर्नुभएको छ ।

    साथै उहाँले सम्पुर्ण नागरिकहरुलाई संबोधन गर्दै आफुद्वारा हुनसक्ने कुनै पनि सहयोग गर्न आफू सदा तत्पर रहेको र सहयोगापेक्षी ब्यक्तिहरुले उहाँको मोबाईल नम्बर ९८४७०३११७६ मा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ ।

    Leave a Reply