आँधीखोला गाउँपालिकाले भीडभाड नगरी यसरी बाडे राहत !

  • २९ चैत्र २०७६, शनिबार १८:५३ मा प्रकाशित
  • स्याङ्जा : कोरोना भाइरस संक्रमणका कारण लकडाउनमा रहेका ६२७ परिवारलाई आँधीखोला गाउँपालिकाले राहत उपलब्ध गराएको छ । राहत वितरण गर्दा भीडभाड नगर्ने उदेश्यले निश्चित दूरी कायम गर्दै पालिकाले राहत सामाग्री उपलब्ध गराएको हो । 

    गाउँपालिकाभित्रका ६  वटै बडाका श्रमिक, तथा विपन्न परिवारलाई राहत स्वरुप खाद्य सामग्री वितरण गरेको गाउँपालिकाले जनाएको छ । पालिकाले निर्णय गरे बमोजिम खाद्यान्न सामाग्री तयार पारेर खुला ठाउँमा राखेर लक्षित परिवारका एक सदस्यलाई हस्तान्तरण गरेका हुन ।  

    साविकका ६ गाविस मिलेर बनेको गाउँपालिकाका १.पंचमूल, २.चिलाउनेवास, ३.बिचारीचौतारा, ४.वाङसिङ, ५.सेतीदोभान र ६.फापरथुमका वडा वडामा पुगेर पहिलो चरणको राहत वितरण गरिएका हुन। 

    गाउँपालिकाले २ जनाको एक परिवारलाई १५ किलो चामल, डेढ किलो दाल, एक प्याकेट नून, दुइ वटा साबुन, एक किलो चिनी, एक लिटर तेल उपलब्ध गराइएको हो । 
    यसैगरी, तीन जनाभन्दा धेरै सदस्य भएका परिवारलाई ३० किलो चामल, ३ किलो दाल, २ प्याकेट नून, ४ वटा साबुन, २ किलो चिनी र २ लिटर तेल उपलब्ध गराएको अध्यक्ष सुधिर पौडेलले जानकारी दिए । 

    गाउँपालिकाकोे बैठकको निर्णय अनुसार श्रमिक, मजदूर र अति विपन्न परिवार वडाबाटै छनौटगरी राहत उपलब्ध गराइएको उपाध्यक्ष शर्मिला पौडेलले बताइन्। 

    अन्नपूर्णपोष्टबाट ।
     

    Leave a Reply