अमेरिकामा एकैदिन १३२१ को मृत्यु, मृतकको संख्या ७ हजार पार

  • २२ चैत्र २०७६, शनिबार ०७:१७ मा प्रकाशित
  • अमेरिकामा पछिल्लो २४ घण्टामा १३ सय २१ जनाको मृत्यु हो । यससँगै यहाँ मृतकको संख्या ७ हजार ३ सय ९२ पुगेको छ ।

    वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार ३२ हजार २ सय ८० नयाँ संक्रमित थपिएपछि संक्रमितको संख्यामा पनि वृद्धि भएको छ । यहाँ अहिलेसम्म कूल २ लाख ७७ हजार १ सय ५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भइसकेको छ ।

    संक्रमितमध्ये ५ हजार ७ सय ८७ को अवस्था गम्भीर छ । यद्यपि, १२ हजार २ सय ८३ जना संक्रमित उपचारपश्चात् निको भएर घर फर्किसकेका छन् ।

    रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । ratopati
    एजेन्सी

    Leave a Reply