
-अरुण बेलबासे-
सिद्धारा। अर्घाखाँची जिल्ला को शितगंगा नगरपालिका वडा न १० हर्रे, सामकोट घर भएका एक जना युवा चुडामणी थापा २२ बर्ष को कलिलै उमेर मा ब्लडक्यान्सरबाट पिडित बनेका छन ।
हाल काठमाडौ शिक्षण अस्पतालमा उपचार सुरु गरेका उनी सामान्य जिन्दगिमा फर्कने आसा राख्दै भयानक रोग सँग लडिरहेका छन । उनको घरको स्थिति नाजुक भएको कारण उनको स्वास्थ्य उपचार मा समस्या देखिएको छ यधपी साथीहरू ,आफन्तहरुको भरोसा र सहयोगमा उपचार सुरु भएको छ।
उनै पीडित भाइ को उपचारको लागि आर्थिक अभियान सुरु गरेका अभियन्ता तथा निश्चल मन का समाज सेवि श्री बिष्णु पौडेल ले हिमालयन दृस्टि संङ कुरा गर्दै भने -: सानै उमेर भएकोले उनि कमाउन योग्य नबनी सकेको,पढ्दै गरेको एक सामान्य परिवारको छोरो को आर्थिक अभाव कै कारण उपचार सम्भव नहुने हो भने समाज र मानवता माथी नै प्रश्न चिन्ह खडा हुने र सम्बन्धीत समाज को इज्जत माथी नै धब्बा लाग्ने भएको ले हामी सबै ले हातेमालो गर्दै पीडित को जीवन को लागि देश कै ठूलो नगर पालिका को गैर नाफा मुलक संस्था शितगंगा सेवा समाज को उपाध्यक्ष को नाता र आफ्नो समाज प्रती को कर्तब्य को लागि पनि आफूले शितगंगा सेवा समाज परिवार संगसंगै सिद्दारा बाट वैदेशिक रोजगार को लागि संसार को हरेक कुना मा रहने सम्पुर्ण नेपाली समुदाय संग हार्दिक अनुरोध गर्दै आफै ले रु २१,१२१ /- सहयोग गर्दै आर्थिक अभियान सुरु गरेको बताउनु भयो।
रोग गम्भीर भएको र महङ्गो पनि हुने भएकोले पिडित परिवारले सबै क्षेत्रका बुद्दिजिबिहरु ,आफन्त- नातागोताहरु, विभिन्न राजनैतिक दलहरु , सरकारी तथा गैरसरकारी संस्थाहरु , नगरबासीहरु लगायत सम्पूर्ण देश विदेश मा रहने नेपालीमन हरु संग सहयोग र समन्वयकारी भुमिकाको लागि हार्दिक अपिल गरेको छ।
रोग भयानक नै भएपनी अहिलेको अवस्था सुरुवाती चरण (फस्ट स्टेज )मै रहेको ले यस्तो अवस्थाका बिरामी हरु ९८% निको हुने र सामान्य जीवन मा फर्कन सक्ने कुरा सम्वन्धित डाक्टरहरु ले बताएका छन। आफ्नै गाउँ को प्यारो र परिचित भाइ भएको ले यो पंक्तिकार ले थोरै भए पनि (रु ११,१११ /-) सहयोग गरेको छ।
सहयोग गर्न चाहानु हुने सहयोगि मन हरुलेपीडित को एभरेस्ट बैंक लि .को न्युरोड शाखा खाता नम्बर 00200501211732 chudamani thapa काठमाडौ नेपाल मा सिधै अथवा अभियन्ताहरु सङ सम्पर्क गर्नु सक्नु हुनेछ भनि भनियको छ ।साथै अन्य देश हरु साउदी अरब ,कतार , यु ए इ ,कोरिया ,जापान ,बहराइन लगायत का देशहरु मा पनि छिट्टै आर्थिक संकलन सांयोजक हरु को नामावली को जानकारी दिने कुरा सम्बन्धित पक्ष ले जनाएको छ।


