
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट बच्नको लागि अत्यावश्यक कामबाहेक काठमाडौंबासीलाई बाहिर ननिस्कन र भिडभाडमा नजान सरकारले आग्रह गरेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनकराज दाहालले कोरोना संक्रमणको खतरालाई ध्यान दिँदै काठमाडौं उपत्यकाबासीलाई जरुरी काम बाहेक अर्को निर्णय नहुन्जेलसम्मका लागि घरबाहिर जभाभावी भिडभाडमा नजान सुझाएको हो ।
‘बुधबार जिल्ला सुरक्षा समितिको बैठक राखेर तत्काललाई काठमाण्डुमा कुनै पनि सभारसमारोहरठूलो जमघटन नगर्नरनगराउन तथा भिडभाड नजान काठमाडौंका नारिककलाई आग्रह गरेका छौं, ‘अर्को निर्णय नहुन्जेलका लागि हामीले कुनै पनि सभारसमारोहका लागि अनुमति माग्न आएकालाई पनि हामीले अनुमति दिएका छैनौं,’ प्रमुख जिल्ला अधिकारी दाहालले भने । स्वास्थ्य मन्त्रालय तथा विश्व स्वास्थ्य संगठनको समेतको निर्णय र आग्रहअनुसार यस्तो निर्णय गरिएको उनले बताए। अनलाइनमार्ग.कम बाट

