
नेपालगन्ज, २९ फागुन / विभिन्न मिडिया र सामाजिक संजालमा नेपाल भारत सीमाना बन्द हुने कुरा गलत भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जानकारी दिएको छ।
कोरोनाका कारण नेपालगन्ज रुपइडिहा सिमा नाका एक महिनाका लागि सीमा बन्द गर्ने निर्णयको खबर फैलिएपछि हल्लाको पछि नलाग्न बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले आग्रह गरेका छन् ।
‘बन्द गर्ने यो हल्ला मात्र हो, भारतबाट बन्द गर्ने कुनै जानकारी हामिलाई नभएको प्रजिअ खड्काले बताए।’भारतले नेपाल र भारतका नागरिकका लागि नभई तेश्रो मुलुकका पर्यटकका लागि भारतले भिसा मात्र रद्द गरेको बुझिएको खड्काले भने ।
त्यस्तै जिल्ला प्रहरी बाँकेका प्रहरी प्रमुख एसपी वीर बहादुर ओलीले हल्लाको पछि नलाग्न सबैलाई आग्रह समेत गरेका छन् ।
बागेश्वरी पोस्ट

